भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीलाई सघाउने सहमति

इनेप्लिज २०८० वैशाख २७ गते २०:०३ मा प्रकाशित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ ।  बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक यस्तो सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका हुन् ।

यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्व गर्नु हुँदैन भन्नेमा हामी सबैको सहमति छ । साथै उनले मिडियामा प्रचार भए जसरी तीन जना नेताबीचको भेटमा दोषीलाई उम्काउने प्रयास नभएको समेत दावी  गरेका छन् । 

हामीहरुको भेट बढी अहिले सदनलाई कसरी सुचारु गरेर लैजाने ? त्यहाँ समितिहरू कसरी बनाउने, संयुक्त समितिहरू कसरी बनाउने भन्ने विषयमा बढीजसो छलफल हुने गरेको हो । तपाईँहरूलाई लागेको छ, त्यही एउटै केसमा तर त्यो होइन’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  

उनले भुटानी शरणार्थी प्रकरणमा दोषीले उन्मुक्ति नपाओस् भनेर  प्रहरीलाई  स्पष्ट निर्देशन दिएको बताए ।

हामीले क्लियर भाषामा भनेका छौँ, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्, प्रहरीले आफ्नो काम ठिक ढङ्गले गरोस् भनेर स्ट्यान्डिङ अर्डर दिएकै छौ I प्रधानमन्त्रीले भने, ‘प्रहरीले आफ्नो काम गरेको छ । त्यसकारण यसमा आशङ्का गर्नुपर्ने केही कारण छैन । जे भएको छ विधि विधान अनुसार, नियमपद्दतिअनुसार प्रहरीले आफ्नो काम गरेको छ ।

प्रतिक्रिया