खगेन्द्र अधिकारी, ग्रेटर वासिंटन, डि.सी.।हजारौ नेपालीलाई भुटानी शरणार्थीको विल्ला भिराई प्रतिव्यक्ति पचासौ लाख सम्म रक़म अशूल गरी अरबौं भ्रष्टाचार भएको संगठानिक अपराध भएको कुरामा दूइमत हुँनै सक्दैन।
राज्य स्वयं नै संलग्न रहेर आफ्नै राज्य र जनहितको बिरुद्व गरिएको अपराधिक र सांघातिक हमलाहो यो नक्कली नेपाली-भुटानी शरणार्थी प्रकरण।नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई तेश्रो मुलुक निर्यात गर्ने प्रपन्च मानवाधिकार संग पनि निस्चित रुपमै सम्बंधित छ।
जुनै तहका राजनीतिज्ञ,नेता, सामाजिक व्यक्तित्व वा प्रशासक, संलग्न कसैले पनि यस प्रकारको अपराध बाट उन्मुक्ति नपाउन् भन्ने सार्वभौम जनताको ठहर छ।
श्रीमान, श्रीमती, साला साली, छोरी भतिजी, नातेदार र दास मनोबृत्तीका लठैत कार्यकर्ता जो-जो भए पनि सम्बद्ध निकायहरु मार्फत भ्रष्टाचार गरी देश लुट्ने र क़ानून र जनतालाई घात गर्ने माफियाहरुलाई जो-जो भए पनि पक्रदै अनुसन्धानका साथ सरकारी तवर बाट मुद्दा चलाएर दण्डित गरिनु न्यायोचित हुनेछ।
म कुन कामको लागि नियुक्त भएको हु, मेरो जिम्मेवारी र कर्तव्य के हो भनेर हेक्का अर्थात् तत्व-वोध नभएका राष्ट्रसेवक, राजनेता र सङ्घसंस्थाका पदाधिकारीहहरु कसैबाट पनि देश र देशवासीको हित बिपरित काम- कार्यवाही गर्ने अधिकार रहन्न।
बिगतका दिनहरुमा गुमाएको आफ्नो साखलाई पुनर्स्थापित गर्ने सुनौलो अवसर, नेपाल प्रहरीलाई प्राप्त भएकाले आफ्नो साख,शान र मान पुनर्स्थापना गर्ने यो राम्रो अवसरलाई सदुपयोग गर्न प्रहरी ईमानदार होला भन्ने आसा र भरोसा छ जनतालाई।
भ्रष्टाचार र मानव तस्करी गरे-गराएर कुकर्म बाट समाजमा अनुहार देखाउन योग्य नभएका राज्य विरुद्धका राष्ट्रघाति संघिन आरोपीहरुलाई नेपाल पुलिसले विलंब नगरी छानबीनको लागि क़ानूनी दायरामा ल्याउनै पर्छ।
कानूनको दायरामा सामेल गराउने यस सिलसिलालाई जस-जसले आपत्ति गरे पनि नेपाल प्रहरी आफ्नो राष्ट्रभक्तिको ईमानदार ज़िम्मेदारीमा कटिबद्ध भएर सचेत भएर नचुकी लागिपर्नु आवश्यक हुनेछ भन्नेमा बिस्वास गर्दछु। यस प्रकारका अपराधको छानबीन गर्न प्रहरी रोकिनु पनि हुन्न र कसै संग झुक्नु पनि हुन्न भन्ने हाम्रो बुझाई हो।
नेपाललाई टाट पल्टाउन लागिरहेका छन् यि फोहोरी फटाहाहरु। प्रत्यक्ष वा परोक्ष रुपमा यि डनहरुले नेपाल जस्तो सुन्दर देशलाई कलंकित वनाईरहेकाले अबका दिनमा यिनिहरु वाट जोगाउने नयाँ शक्तिको खोजी गरौं हामीले, भन्ने पनि लागेको छ।
हाम्रो जीवन कालमै, भाबि पुस्ताले यो नारकिय जीवनवाट मुक्ति पाँउनको लागि हार्दिकता सहित यथोचित र उपलब्धिमुलक कार्यक्रमका साथ देशभर हामीले उर्जावान र उत्पादनमुलक कार्य गर्न निश्चयपूर्वक सोच्नु आवश्यक छ।
अन्तमा, “नक्कली भुटानी शरणार्थी” प्रकरण एउटा व्यक्ति वा समूह मात्र जोडिएको अपराध मात्र नभएर यो राज्य संयन्त्रकै मिलेमतोमा भएको गम्भीर र जघन्य प्रकारको संगठित ठगीको संघिन अपराध हो। भुटानी शरणार्थी मामिला नेपाल संग मात्र जोडिने विषय पनि होईन,यो अपराध बिश्व मानवाधिकार, संयुक्त राष्ट्र संघ, संयुक्त राज्य अमेरिका र अन्य सम्बद्ध देशहहरू संग पनि जोडिएको कुटनैतीक अर्थात् अन्तर्राष्ट्रिय मामिला पनि निस्संदेह रुपमै निस्चित मानेमै यथार्थ नै हो।यस्तो गम्भिर एवं अन्तर्राष्ट्रिय आप्रवासी मानव बेचबिखन (मानव तस्करी) को मामिला सम्बंधमा भुटानी शरणार्थी वा अन्य नक्कली शरणार्थी बारेको कसूरमा भए गरेका गलत सरकारी षड्यंत्रमा आधारित अपराधको अनुसन्धान गर्न नेपाल प्रहरीलाई अपरेशनल स्वायत्तता दिनुपर्छ।
यसलाई हरेक प्रत्यकले नितान्त जरुरी सार्वजनिक महत्वको महत्वपूर्ण समस्या हो भनेर सकारात्मक दृष्टिकोण बाट बुझेर बिना रोक टोक,बिना सरकारी हस्तक्षेप,स्वतंत्र र निष्पक्ष क़ानूनी जाँच गर्न अर्थात् छानबीन गर्न सबै तह-तप्काका सम्पूर्ण सम्बंधितहरुले स्वीकार गरी मन्जुर गर्न आवश्यक र जरुरी हुनेछ।
अन्यथा जनता सचेत हुन अनुरोध गर्दछु।
कुनै पनि निर्दोष व्यक्ति बिना कसूर नफसुन र कुनै पनि दोषी व्यक्ति नउम्किउँन यो स्पष्टता हामी सबैको लागि उपलब्धिमुलक हुनेछ भन्ने हाम्रो दृढ़ संकल्प र न्यायिक मान्यता हो। यसलाई हामी सबैले बिस्वास गरेका छौं।यस क़सूरका बारेमा नेपाल प्रहरी बाट स्वतंत्र र निष्पक्ष छानबीन गरी कसूरमा संलग्न सबै व्यक्तिहरुलाई कार्यवाहीको लागि विलंब नगरीकन क़ानूनी कठघरामा ल्याउनु जरुरी छ भन्ने सम्पूर्ण स्वदेशी एवं प्रवासी नेपाली जनता र सम्बंधित सबैको एउटै दृष्टिकोण र दृढ़ चाहना हो।
अस्तु!!
लेखक खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक स्थापित साथै ईमानदार सामाजिक अभियंताका अतिरिक्त विभिन्न सामाजिक संघ-संस्थाहरुमा आबद्ध हुनुहुन्छ।
प्रतिक्रिया