अन्तर्राष्ट्रिय समाचार एजेन्सी -एजेन्सी फ्रान्स-प्रेस (एएफपी) का लागि काम गर्ने फ्रान्सेली पत्रकारको पूर्वी युक्रेनको युद्धग्रस्त शहर बाख्मुत नजिक मंगलबार प्रक्षेपास्त्र आक्रमण (रकेट फायर)मा मृत्यु भएको छ।
३२ वर्षीय अरमान सोल्डिन युक्रेनमा एएफपीका अङ्कीयदृश्य (भिडियो )संयोजक थिए र बाख्मुत नजिकै रहेको चासिभ यार शहरको बाहिरी भागमा प्रक्षेपास्त्र
(रकेट) आक्रमणमा मारिएका थिए, एएफपीले घटनाका प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै ट्विटरमा घोषणा गरेको छ ।
आज पूर्वी युक्रेनमा एएफपी अङ्कीयदृश्य (भिडियो) पत्रकार अरमान सोल्डिनको मृत्युको खबर सुनेर हामी मर्माहत भएका छौं भन्दै एएफपीले उनको परिवार र प्रियजनहरूमा समवेदना प्रकट गरेको छ ।
आक्रमणको समयमा सोल्डिन चार सहकर्मीहरूसँग थिए, तर अन्य पत्रकारहरू घाइते नभएको समाचार सँस्था (एजेन्सी)ले जनाएको छ। एएफपीका अनुसार स्थानीय समय अनुसार मंगलबार बेलुका ४:३० बजे पत्रकार टोली युक्रेनी सैनिकहरूसँग थिए र त्यस समयमा उनि मारिएका हुन् ।
सोल्डिन, बोस्नियाली मूलका फ्रान्सेली नागरिक, एक अनुभवी पत्रकार थिए जसले नियमित रूपमा अग्रपंक्तिमाहरूमा यात्रा गर्थे । उनि सेप्टेम्बर २०२२ देखि त्यहाँ एएफपीको अङ्कीयदृश्य (भिडियो )संयोजक थिए । र, रुसले युक्रेनमा आक्रमणका शुरुका दिनदेखि नै द्वन्द्वका सबै समाचारहरु उनि पठाउथे र सम्प्रेषण गर्थे ।
सोल्डिन रूसको पूर्ण-स्तरीय आक्रमण सुरु भएदेखि मारिएका धेरै ज्ञात पत्रकारहरूमध्ये एक हुन भनि सिएनएनले समाचार लेखेको छ ।
प्रतिक्रिया