टीकापुर , कैलाली ।टीकापुर सरोकार समूह र टीकापुर सामुदायिक पुस्तकालयको संयुक्त आयोजनामा प्रतेक महिना टीकापुर सामुदायिक पुस्तकालयमा आइ अध्ययन गर्ने पाठक मध्य उत्कृष्ट पाठकलाई दिईदै गरेको पुरस्कार चैत्र २०७९ का लागि प्रगती शर्मालाई प्रदान गरिएको छ ।
उक्त पुरस्कारको राशी रु दश हजारको रहेको छ । गत मंसिर महिना देखि प्रतेक महिना दिइदै आएको पुरस्कारको यो पाचौ श्रृङखला हो ।
चैत महिनाका नियमित १५० पाठक मध्य पुरस्कार बिजेता प्रगती शर्माले १३७ घन्टा पुस्तकालयमा अध्ययन गरेकी थिइन ।
टीकापुर सामुदायिक पुस्तकालयले पुरस्कार वितरणका लागि आयोजित एक बिशेष समारोहमा प्रमुख अतिथि पुर्व मन्त्री चन्द्रसिंह भट्टराई , ब्रहमकुमारी सीता दिदी र मन थापाले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र बिजेता शर्मालाई हस्तान्तरण गरेका थिए ।
चैत महिनाको पुरस्कार साहित्यकार गगनसिंह थापाको स्मृतिमा उहाँका परिवारले प्रायोजन गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईले टीकापुरमा अध्ययन संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना भइरहेको यो पुरस्कारको कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउनेमा आफू बिश्वस्त रहेको छु भन्नुभयो ।
प्रतिक्रिया