पुटिनले विजय दिवसको भाषणमा युक्रेन युद्धलाई पश्चिमले उक्साएको दाबी,किम जोङले विजय दिवसको शुभकामना दिए

इनेप्लिज २०८० वैशाख २६ गते ११:१८ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रेड स्क्वायरमा आफ्नो विजय दिवसको सम्बोधनमा युक्रेनमा युक्रेनमा युद्ध भड्काएको भनी झुटो दाबी गरेका छन् ।

युक्रेनी राष्ट्र एक विद्रोहको बन्धक बनेको पुटिनले भने। रुसी नेताले युक्रेनमा आफ्नो अप्रत्याशित आक्रमणलाई जायज ठहराउने प्रयासमा पहिले पनि यस्तै बयानबाजी प्रयोग गरिसकेका छन् भनि सिएनएनले जनाएको छ ।

मङ्गलबार रेड स्क्वायरमा आफ्नो विजय दिवसको सम्बोधनमा राष्ट्रपति पुटिनले दोस्रो विश्वयुद्धमा संयुक्त राज्य अमेरिका, बेलायत र चीनका सहयोगी सेनाहरूको बलिदानलाई रुसले सम्मान गरेको बताए।

पुटिनले मातृभूमिका हाम्रा रक्षकहरूको सम्झना हाम्रो हृदयमा पवित्र छ ,पुटिनले सम्बोधनमा भने । हामी नाजीहरूसँग लड्ने प्रतिरोधका सदस्यहरू, अमेरिका, बेलायत र अन्य देशहरूको सहयोगी सेनाका सैनिकहरूलाई सम्मान गर्छौं। हामी सम्झन्छौं र सम्मान गर्छौं।

उत्तर कोरियाली नेता किम जोङ उनले मङ्गलबार आफ्नो रुसी समकक्षीलाई पत्र लेख्दै रुसको वार्षिक विजय दिवसको शुभकामना दिएका छन् ।

विजय रुसको जन्मजात परम्परा हो भनि किमले प्रशंसा गरे ।

प्रतिक्रिया