काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले खानतलासी गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं टोलीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले अहिले खानतलासी जारी रहेको जनाएको छ।
नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल उनी सम्पर्कविहीन छन् ।
प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।
प्रतिक्रिया