मार्क जकरबर्गलाई क्यालिफोर्नियामा सम्पन्न जापानेली जिउ-जित्सु प्रतियोगितामा पदक हासिल

इनेप्लिज २०८० वैशाख २६ गते १:०० मा प्रकाशित

सामाजिक संजाल मेटा अर्थात् फेसबुकका संस्थापक मार्क जकरबर्गलाई क्यालिफोर्नियामा सम्पन्न जिउ-जित्सु प्रतियोगितामा पदक प्राप्त भएको छ ।

जकरबर्गले क्यालिफोर्नियाको बे एरिया जिउ-जित्सु प्रतियोगितामा पदक जितेका हुन् । जकरबर्गले जापानको युद्धकला (मार्शल आर्ट)को एक रूप जिउ-जित्सुमा स्थानीय रूपमा प्रतिस्पर्धा गरे र उनि पदक जित्न सफल भएका छन् ।

उनले बे एरिया(क्यालिफोर्नियाको एक क्षेत्र )मा भएको जिउ-जित्सु प्रतियोगितामा भाग लिएको र सामाजिक संजाल फेसबुक(मुहार पुस्तिका)मा गत शनिबार सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरु प्रकाशन गरेका छन् । उनले रजत र स्वर्ण पदक प्राप्त गरेको समेत उनले उक्त प्रकाशनमा उल्लेख गरेका छन् ।

प्रतियोगितामा जुकरबर्गको यो पहिलो सहभागिता थियो। सिलिकन भ्यालीको उत्तरमा रहेको वुडसाइडको वुडसाइड माध्यमिक बिद्यालयमा प्रतियोगिता भएको थियो।

वर्तमान बिजेता इजरायल अदेसान्या र अलेक्जेन्डर भोल्कानोव्स्कीले सामाजिक संजाल इन्स्टाग्राममा पनि जकरबर्गलाई बधाई दिएका छन् ।

जुकरबर्गले कोरोना महामारीको समय देखि खेलमा आफ्नो रुचि बढेको बताएका छन्।

प्रतिक्रिया