धनगढी, बैशाख २५÷ युगअत्र दैनिकका प्रकाशक बीरेन्द्र रावलले बाढी पहिरो पिडित बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् ।
कैलालीको चुरे गाउँपालिकाका विभिन्न वडाहरुबाट बाढी पहिरोले विस्थापित बनेर पनेरुगडामा अव्यवस्थित रुपले जंगलमा बस्दै आईरहेका विपन्न बालिबालिकालाई उक्त राहत स्वरुप शैक्षिक सामाग्री वितरण गरिएको कुरा युगअस्त्र दैनिकका प्रकाशक रावलले बताएका छन् ।
सो शिविरमा रहेका ७६ जना बालबालिकालाई पुग्नेगरी लेख्ने कपी र सिसाकलम वितरणका लागि बर्दिया घर भई हाल अमेरिकामा व्यवसाय गर्दै आईरहेका सामाजिक अभियान्ता कृष्ण आचार्यले सहयोग प्रदान गरेका थिए ।उनले जनता एकता आधारभुत बिद्यालय चुरे गाउँपालिका वडा नं.४ पनेरुगडाका बिद्यार्थीहरुलाई ५ हजार बराबरको शैक्षिक सामाग्रीमा कपि र सिसाकलम बितरण गरेका हुन् ।
यस अघिपनि आचार्यको पहलमा बाढी पहिरो पिडित बस्तीकाबालबालिकाका लागि न्यानो कपडा समेत वितरण गरिएको थियो ।
कैलाली जिल्लाको वालुवागडमा बस्दै आएका ती बालबालिकाका अभिभावकले समेत मजदुरी गरेर जीविकोपार्जन गरिरहेको अवस्थामा शैक्षिक सामग्री नपाएर बालबालिकाको अध्ययनमा समस्या भैरहेको कुरा सो विद्यालयकी शिक्षिका पार्वती महराले बताईन । यस अघि पनि सो विविरमा अमेरिकामा बस्दै आएका कसमाजसेवी कृष्ण आचार्य, कुमार खड्का लगायतका व्यक्तिहरुले प्रदान गरेको सहयोगबाट न्यानो कपडा समते वितरण गरिएको थियो । सो राहतको सबै समन्वय
रावलले गरेका थिए भने बिगत लामो समय देखि पत्रकारिता पेशामा समेत संलग्न रहेका छन् ।हाल ३०÷३५ जना बिद्यार्थीहरु रहेको शिक्षिका पार्वती
महराले बताईन् । बिद्यार्थीहरुलाई अहिले पालको टहरा बनाएर पठनपाठन गराई रहेका छन् ।
चुरे गाउँपालिकाबाट बाढी पहिरो पिडीतहरु आफ्नो अर्को व्यवस्था नहँुदा सम्म चुरे गाउँपालिका अन्तरगत चुरे गाउँपालिका वडा नं.४ पनेरुगडामा बिगत लामो समय देखि नै सो ठाउँमा बस्दै आइरहेका छन ।
प्रतिक्रिया