अमेरिकाको मेरिल्याण्डको सेन्ट चार्ल्स टाउन सेन्टर (बिशाल बजार)मा गोलाबारी ,संदिग्ध हिरासतमा

इनेप्लिज २०८० वैशाख २५ गते ११:२१ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्डको सेन्ट चार्ल्स टाउन सेन्टर (बिशाल बजार)मा गोलाबारी भएको छ भने प्रहरीले संदिग्धलाई हिरासतमा लिएको छ । एनबिसी वाशिंगटन समाचारका अनुसार कोही पनि घाइते र कसैलाई चोटपटक नलागेको जनाएको छ । जसको कारण बिशाल बजार( मल )आइतबार बन्द रहेको अधिकारीहरूले भने।

मेरिल्याण्डको एक बिशाल बजार (मल )भित्र बन्दुकको आवाज सुने पछि धेरै मानिसहरू बाहिर आएका थिए । गत आइतबार मेरील्याण्डको वाल्डोर्फस्थित सेन्ट चार्ल्स टाउन सेन्टर(बिशाल बजार)मा गोली चलेको खबर आएपछि एक संदिग्धलाई हिरासतमा राखिएको अधिकारीहरूले बताएका छन्।

प्रारम्भिक सूचना अनुसार किशोरहरूको समूहले बिशाल बजार( मल )भित्र ४:१० र ४:२० बीचमा बन्दुक छोडेको हुन सक्ने चार्ल्स काउन्टी शेरिफको कार्यालयले जानकारी गराएको छ ।

किशोरहरूले सियर्स नजिकै बहस गरेको देखिएको छ भने एक व्यक्तिले बन्दुक निकाल्यो र गोली चलाएका थिए । जसको कारण पसलको झ्याललाई चकनाचूर पार्यो र मानिसहरूलाई आफूलाई बचाउन दौडिएका थिए ।

प्रहरी अधिकारीहरू तुरुन्तै आइपुगे र भवनलाई सुरक्षित गरेका थिए । प्रहरीका अनुसार बहस हुँदा झगडामा संलग्न अर्को व्यक्तिले संदिग्धलाई गोली हान्ने प्रयास गर्नबाट रोक्यो, तर संदिग्ध अझै एक गोली चलाएको प्रहरी प्रमुखले बताईन ।

प्रतिक्रिया