अमेरिकाको टेक्सस राज्यको ड्यालसफोर्टमा गत शनिबार भएको एलेन आउटलेट मल (एलेन बिशाल बजार पसल )मा भएको घटना नसेलाउदै अर्को नंरसंहार भएको छ । आप्रवासी बस्ने आश्रयस्थल अगाडि गाडीले मानिसमाथि जोत्दा ७ जनाको मृत्यु भएको प्रहरीले बताएका छन् ।
गत शनिबार भएको गोलाबारीमा ८ जनाको ज्यान गएको थियो भने दर्जनौ घाइते भएका थिए । उक्त गोलीकाण्डमा मुख्य संदिग्ध समेत मारिएका थिए ।
आज मे ७ आइतबार बिहान एक चालकले टेक्ससको सीमावर्ती शहरमा आप्रवासीहरूलाई बसोबास गरिरहेको आश्रय बाहिर एउटा समूहमा गाडी बेतोड चलाई कुल्चिदा सात जनाको ज्यान गएको छ । धेरैआप्रवासीहरू धेरै घाइते भएको अधिकारीहरूले भने।
टेक्सस ब्राउन्सभिलका प्रहरी अधिकारीहरूलाई ल्यान्ड रोभरमा बिहान ८:३० बजे घटना बारेमा जानकारी गराईएको थियो ।
ओजानम केन्द्रबाट सडकपारी यात्रीयान प्रतिक्षालय (बस स्टप)मा पर्खिरहेका धेरै मानिसहरूलाई गाडीले ठक्कर दिएको थियो । उनीहरुको व्यवस्थापन गर्ने जिम्मा लिएको एक गैर मुनाफा सामाजिक संस्थाले आप्रवासीहरूलाई मद्दत गरिरहेको थिए ।
ब्राउन्सभिलका प्रहरी प्रवक्ता मार्टिन स्यान्डोभलले सीएनएनलाई बताए अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको र अन्य घाइते भएका छन्। स्यान्डोभलले मृतकमध्ये धेरै आप्रवासीहरू रहेको र सीमा गस्तीले पीडितहरूको पहिचान पुष्टि गर्न काम गरिरहेको बताए।
घटनास्थलका प्रत्यक्षदर्शीहरूले अधिकारीहरू नआउन्जेल चालकलाई नियन्त्रणमा लिएको स्यान्डोभलले आइतबारको पत्रकार सम्मेलनमा भने। गाडीका चालकलाई स्वास्थ्य उपचार गराइएको र लापरबाही गरेको आरोपमा पक्राउ गरिएको उनले बताए ।
प्रहरीले चालकको नाम भने खुलाएको छैन, तर स्पानेली (हिस्पानिक )मानिस भएको स्यान्डोभलले सीएनएनलाई बताए। ब्राउन्सभिल प्रहरीले सीमा गस्तीको सहयोगमा अनुसन्धान गरिरहेको उनले बताए।
स्यान्डोभलले दुर्घटना नियोजित वा संयोगवश हो कि भनेर अझै अनुसन्धान भइरहेको बताए। प्रहरीका अनुसार चालकले रातो बत्तीलाई बेवास्ता गरेको र पर्खिरहेका मानिसहरूको समूहमाथि गाडी कुदाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। प्रहरीले चालकले मादक पदार्थ सेवन गरिरहेको उनले बताए ।
ब्राउन्सभिल ,टेक्ससको दक्षिणी छेउमा रियो ग्रान्डे नदीको छेउमा अवस्थित छ। २०२२ को जनगणना अनुसार उक्त शहरको जनसंख्यामा लगभग ९५% स्पानेली (हिस्पानिक )वा ल्याटिनो रहेका सिएनएनले जनाएको छ ।
प्रतिक्रिया