गीत

सुनीता प्रसाई २०८० वैशाख २३ गते १२:२४ मा प्रकाशित

देउता भनी पूजा गर्ने तिमी मेरै होनी,
निश्चल माया मुटु भित्र आँखा भित्र तिमी।
बसन्तमा पालुवाका मुना मुना फूल्छु,
तिमी भित्रै रुन्छु म त तिमी भित्रै डुल्छु।
अंध्यारोमा बाटो दिने तिमी घाम होनी,
निश्चल माया मुटु भित्र आँखा भित्र तिमी।।
तिमी बिना रमाउनु पनि पाप हो कि?
बिर्सिएर भुल्न खोज्नु पनि श्राप होकी?
म त मेरो होइन हजुर तिमी मेरो होनी,
निश्चल माया मुटु भित्र आँखा भित्र तिमी।।।

सुनीता ……

सुनीता प्रसाई

साहित्यकार /लेखिका

प्रतिक्रिया