न्यू जर्सीको नेवार्कमा बुधबार एक घरमा गोली चल्दा ८ वर्षीय बालक सहित कम्तीमा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। बन्दुकधारीलाई प्रहरीले मारेको अधिकारीहरूले बताएका छन्।
बुधबार राति ८:३० बजेपछि गोली चलेको खबर पाए पछि प्रहरीहरु त्यहा पुगेका थिए । जब तिनीहरू घटनास्थलमा आइपुगे प्रहरीले बन्दुकको गोली लागेर घाइते भएका एक व्यक्तिको मृत्यु भएको र एक ८ वर्षीय बालकलाई गोली लागेको फेला पारेको महान्यायाधिवक्ता म्याथ्यू प्लेटकिनको कार्यालयले जनाएको छ।
बालकलाई बिश्वबिद्यालयको अस्पताल लगिएको थियो जहाँ उनलाई मृत घोषित गरिएको अधिकारीहरूले बताए ।
दुई जनालाई गोली हानेर बसेको घरबाट हतियार लिएर भागिरहेको एक व्यक्तिलाई प्रहरीले भेटे । अधिकारीहरूका अनुसार धेरै नेवार्क प्रहरी विभागका अधिकारीहरूले संदिग्धलाई पैदल हिडेर पछ्याएका थिए र दुई अधिकारीहरूले मुठभेडको क्रममा आफ्ना हतियारहरू चलाउदा संदिग्धलाई घाइते भएका र उनको पछि मृत्यु भएको थियो ।
न्यु जर्सी महान्यायाधिवक्ताको कार्यालयले संदिग्धको गोलाबारीमा संलग्न अधिकारीको हत्याको अनुसन्धान गरिरहेको छ। महान्यायाधिवक्ताको कार्यालयका अनुसार अनुसन्धानका नतिजाहरू बृहत निर्णायक मण्डल (ग्रान्ड जूरी)मा पेश गर्नुपर्नेछ ।
अधिकारीहरूले संदिग्ध वा पीडितहरूको पहिचान नखुलाएको एबिसी समाचारले लेखेको छ । अनुसन्धान जारी छ भने हत्याको अनुसन्धान एसेक्स काउन्टी अभियोजकको कार्यालयले गरिरहेको छ।
प्रतिक्रिया