काठमाडौं । नेपाली उपभोक्ता संरक्षण महासंघले कानून तथा नीति निर्माण समितिको संयोजकमा अधिवत्ता बिष्णु गिरी कोरियाको राजधानी सियोलमा आयोजित बिभिन्न कार्यक्रममा सहभागीता जनाएका छन् ।
बैशाख १९ गते कोरिया आई पुगेका अधिवत्ता गिरीले ईपीएस मार्फत कोरिया आएका कामदारको बारेमा एन.आर ए. एन कोरियाका प्रतिनिधीहरु सँग छलफल गरेका छन् । बिहीबार अधिवत्ता गिरीले ग्लोबल बैक कोरिया शाखाका प्रतिनिधी इश्वर धामी, एन आर एन कोरियाका पूर्व अध्यक्ष लक्ष्मी लामा गुरुङ लगायत सँग छलफल गरेका छन् ।
अधिवता गिरीले कोरियाको दङदेमुनमा ब्यापार ब्यबसाय सञ्चालन गरिरहेका बिभिन्न ब्यबसायीहरुसँग समेत छलफल गरेका छन् । बिहिबार नै अधिवत्ता गिरी युनिर्भसल पीस फडेरेसनले कोरियाको सिउलमा आयोजीत पिस समिटमा पनि सहभागिता जनाएका छन । सम्मेलनमा बिश्वका बिभिन्न देशका प्रतिनिधीहरुसँग बिश्वमा शान्ति स्थापर्नाथ भएका प्रयासको बारेमा छलफल गरेका थिए । बैशाख २९ गते सम्म दक्षिण कोरियामा रहदा अधिवत्ता गिरीले कोरियाली उपभोत्ता कोरिया स्थीत नेपाली राजदुताबास तथा एफएफ डब्लु पी यु कोरियाले आयोजना गर्ने कार्यक्रममा सहभागिता जनाउने छन् । अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ । हाल उनी नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका कार्यसमिति सदस्य, श्रमजीबि पत्रकार संघका काुनूनी सल्लाहकार लगायत आधा दर्जन बढी संस्थामा कानूनी सल्लाकारको रुपमा काम गरिरहेका छन् । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेका बेला अधिवत्ता गिरीले कानुनी साक्षरता अभियान समेत चलाईरहेका छन् ।
प्रतिक्रिया