न्यूयोर्कको नयाँ कानूनले २०२६ सम्ममा धेरैजसो नयाँ घर र भवनहरूमा प्राकृतिक ग्यास चुलोलाई प्रभावकारी रूपमा प्रतिबन्ध लगाउने भएको छ ।
धेरैजसो नयाँ भवनहरूमा प्राकृतिक ग्यास र अन्य खनिज पदार्थ(जीवाश्म) ईन्धनहरू प्रतिबन्ध लगाउने न्यूयोर्क अमेरिकाको पहिलो राज्य भएको छ
जलवायु वकालत गर्नेहरुको लागि ठूलो जीत भएको सिएनएनले समाचार लेखेको छ ।
पर्यावरण पक्ष-समर्थकहरू र जलवायु विचारधाराहरूको बढ्दो दबाबको सामना गर्दै गभर्नर क्याथी होचुल र न्यूयोर्क सिनेट र विधानसभा नियन्त्रण गर्ने डेमोक्र्याटिक सांसदहरूले गत मंगलबार राति अबेर नयाँ २२९ अर्ब डलर (बिलियन) राज्य बजेटलाई अनुमोदन गरेका छन् ।
कानूनले ग्यासबाट चल्ने चुल्हो, भट्टी र प्रोपेन तताउन प्रतिबन्ध लगाएको छ । न्यूयोर्क राज्य भरका धेरैजसो नयाँ आवासीय भवनहरूमा जलवायु-अनुकूल उपकरणहरूको प्रयोगलाई प्रभावकारी रूपमा प्रोत्साहन गर्दछ भनि सिएनएनले जनाएको छ ।
सन् २०२६ सम्ममा सात तलाभन्दा साना नयाँ भवनहरूमा र २०२९ सम्म अग्लो भवनहरूमा सबै विद्युतीय तताउने र खाना पकाउन आवश्यक पर्ने बताईएको छ ।
प्रतिक्रिया