एमाले सचिव टोपबहादुर रायमाझी प्रहरी नियन्त्रणमा

इनेप्लिज २०८० वैशाख २१ गते ११:१७ मा प्रकाशित

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहजिल्ला अर्घाखाँचीको कार्यक्रम सकेर काठमाडौं आउँदै गरेको अवस्थामा भैरहवाबाट नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले बताएको छ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझी माथि छ । रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले पक्राउ गरेको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको पनि भेटिएको छ । यस्तै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापालाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

प्रहरीले यही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजीत राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया