एटलान्टा चिकित्सा केन्द्र (मेडिकल सेन्टर)को प्रतीक्षालयमा गत बुधबार एक बन्दुकधारीले गोली चलाउँदा एक जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
बन्दुकधारी २४ वर्षीय डियोन प्याटरसन भएको र संदिग्धलाई एक घण्टा लामो खोजी पछि पक्राउ गरिएको प्रहरीले बुधबार राती बताए।
सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सिडिसी)ले बुधबार भएको गोलाबारीमा मारिने सिडिसीका कर्मचारी ३९ वर्षीय एमी सेन्ट पियरे भएको पुष्टि गरेको छ।
सिडिसीले एटलान्टा गोलाबारीमा सहकर्मीको अप्रत्याशित मृत्यु भएकोमा समवेदना प्रकट गरेको छ । संदिग्धलाई घटना बिना नै हिरासतमा लिइएको प्रहरीले बुधबार पत्रकार सम्मेलनमा जनाएको छ।
उपप्रमुख चार्ल्स ह्याम्पटनका अनुसार संदिग्ध व्यक्ति मध्याह्न केही समय अघि चिकित्सा (मेडिकल )सुविधामा प्रवेश गरे र पहिलो पीडितलाई केही समयपछि गोली हाने। ह्याम्पटनका अनुसार संदिग्धले भवनबाट बाहिर निस्कनु र शेल इन्धन चौकी (ग्यास स्टेशन)मा जानु अघि दुई मिनेट बिताएका थिए ।
प्रहरीहरुले उनको सवारी साधन पत्ता लगाए पछि उनलाई पक्राउ गर्न सजिलो भएको बताए ।
प्रतिक्रिया