व्यवसायीहरू आत्मदाह गर्नुमा नेताहरू र जनताहरु बराबरको दोषी र जिम्मेवार हुन !

इनेप्लिज २०८० वैशाख २१ गते १०:५८ मा प्रकाशित

मुलुकमा राजसंस्था/राजा रहेको समयमा व्यवसायी प्रेम प्रसाद आचार्य र शंकर कंडेल जस्ता युवाहरुले आत्मदाह गरेको थाहा थिएन । आज व्यवसायीहरू आत्मदाह गर्नुमा नेताहरू र जनताहरु बराबरका दोषी र जिम्मेवार हुन । जनताहरुले एक्लो राजपरिवारले राज्यकोष ढुकुटी खाएको मात्र देखे । अहिले हजारौं नेताहरूले मुलुकलाई लुटि बर्बाद र तहसनहस पारे । जनताहरु केवल नेताहरूको दास र पेवा बनेका छन । जनताहरुले अझै पनि संघीयताको विरोध गर्दैनन । राजा आउ देश बचाउ भन्दैनन ।

विशेषगरी नेपालीहरुको लागि संघीयता नै बोझ हो । मुलुकमा मैले संघीयता लागु भएदेखि नै भन्दै आएको थिए । हाम्रो मुलुकको लागि संघीयता घातक र अफाब सिद्ध छ ।

मुलुकमा संघीयताले केही पनि उपलब्धि देखिएन । संघीयताले प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु र सांसदहरूको मात्र हित भएको छ । यथार्थमा नेपालीहरुको लागि संघीयता भार र घातक हो । आज व्यवसायीहरू आत्मदाह गर्नुमा के पी शर्मा ओली, गोकुल बास्कोटा, विष्णु पौडेल, महेश बस्नेत, सुभाष नेम्वाङ, शंकर पोखरेल, ईश्वर पोखरेल, बामदेव गौतम, शेर बहादुर देउवा, कृष्ण प्रसाद सिटौला, बालकृष्ण खाँड, प्रकाशमान सिंह, शेखर प्रसाद कोइराला, शशांक कोइराला, गगन थापा, पुष्पकमल दाहाल, बाबुराम भट्टराई, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, वर्षमान पुन, राजेन्द्र महतो, महन्थ ठाकुर र उपेन्द्र यादव जस्ता नेताहरू र जनताहरु पनि बराबरको दोषी र जिम्मेवार हो ।

हामी हाम्रो मुलुकलाई कृषिप्रधान देश भन्छौं । मुलुकमा मल कारखाना छैन । प्रायःजसो कलकारखानाहरु बन्द अवस्थामा छन । मुलुकमा माल सामानहरु आयात मात्र भइरहेको छ । मुलुकबाट मालसामानहरु निर्यात भइरहेको छैन । माथि नाम उल्लेखित नेताहरूसँग कृषक, व्यवसायी, युवा वर्ग र बेरोजगारको लागि कुनै भिजन, दुरदृष्टि सोच र कुनै प्लानिंग नै छैन जताततै डामाडोल छ । मानिसले आत्मदाह नगरेर के गरुन बाध्यता छ । जनताहरुले एक्लो राजपरिवारले खाएको मात्र देखे । अहिले हजारौं नेताहरूले मुलुकलाई लुटि बर्बाद र तहसनहस पारे । जनताहरु केवल नेताहरूको दास र पेवा बनेका छन । जनताहरुले अझै पनि संघीयताको विरोध गर्दैनन । राजा आउ देश बचाउ भन्दैनन ।

नेताहरू सरकारको समर्थन फिर्ता लिने र सरकार ढाल्ने खेलमा व्यस्त छन । जसरी पनि सबै नेताहरूको उद्देश्य राष्ट्रिय ढुकुटी दोहन गर्नु नै हो । मुलुकको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश, उच्च अदालत र जिल्ला अदालत हरुमा रिक्त न्यायाधीशहरूको आजसम्म नियुक्ति गर्न सकेका छैनन । वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । वर्तमान व्यवस्था फ्याँक्नुपर्छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया