रुसद्वारा क्रेमलिन मानवरहित यान (ड्रोन) आक्रमणमा अमेरिकाको हात रहेको आरोप

इनेप्लिज २०८० वैशाख २१ गते १०:४२ मा प्रकाशित

रुसले क्रेमलिनमा भएको मानवरहित यान (ड्रोन )आक्रमणमा अमेरिकाको हात रहेको आरोप लगाएको छ ।

रुसले क्रेमलिनमा मानवरहित यान (ड्रोन )आक्रमण र राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्धको हत्याको प्रयास भएको भन्ने कुराको पछाडि वाशिंगटनको हात रहेको आरोप लगाएको छ ।

गत बुधबारको भएको घटनाको बारेमा सिएनएनले जिज्ञाशा राख्दा क्रेमलिनका प्रवक्ता डिमिट्री पेस्कोभले भने: “निस्सन्देह, त्यस्ता निर्णयहरू र लक्ष्यहरू यी सबै वाशिंगटनबाट युक्रेन(किभ )लाई निर्देशित गरिएको हो।”

हामीलाई यो कुरा राम्ररी थाहा छ भनि दाबी समेत गरेका छन् ।

“हामीलाई राम्ररी थाहा छ कि त्यस्ता कार्यहरू र त्यस्ता आतंकवादी हमलाहरूको निर्णय कीभमा होइन, वाशिंगटनमा गरिन्छ। र ,कीभले पहिले नै यसलाई गर्न भनिएको कुरा कार्यान्वयन गर्दैछ,” पेस्कोभले भने।

यता कीभ र वाशिंगटन दुबैमा यसलाई अस्वीकार गर्ने त्यस्ता प्रयासहरू निस्सन्देह, बिल्कुल हास्यास्पद छन भनि उनले बताए ।

पेस्कोभले आफ्नो दावीको लागि कुनै प्रमाण र थप बिबरणहरु प्रदान गरेनन भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ । कथित आक्रमण र हत्या प्रयासको बाबजुद पनि उनले पत्रकारहरूलाई पुटिन “शान्त” रहेको बताए।

प्रतिक्रिया