ज्यानको बाजी लगाएर यात्रा गर्न बाध्य यात्रुहरु

वीरेन्द्र रावल २०८० वैशाख २० गते २१:५३ मा प्रकाशित

धनगढी बैशाख २०÷ कैलाली जिल्लाका चुरे र मोहन्याल गाउँपालिकामा विभिन्न सडक खण्डमा चल्ने सवारी साधनमा यात्रा गर्ने यात्रीहरुले ज्यानको बाजी लगाएर गन्तव्यमा पुग्नु पर्ने बाध्यता रहेको छ।

कैलाली जिल्लाको कर्णाली चिसापानी, सहजपुर— विपिनगर र, डोके बजार हुँदै पण्डौन, चौमाला हुँदै खैराला सम्म हिउँदको समयमा सवारी सधानहरु सञ्चालन हुने गरेका छन् । हिउँदका पाँच महिना सम्म मात्र सञ्चालन हुने तीं अस्थायी सडकमा सञ्चालित साना जीप र बसहरुमा यात्रा गर्ने यात्रीहरुले पहाडी भिरालो सडकमा ज्यानलाई जोखिममा राखेर यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।

सडक सञ्जालले राम्रोसंग नछोईसकेका चुरे र मोहन्यालका केहि भागमा हिउँदको समयमा मात्रै साना सवारी साधनहरु सञ्चालन हुने गरेको भएतापनि बर्षातको समयमा भने तीं अस्थायी सडकहरुमा सवारी साधन सञ्चालन हुने अवस्था नरहने भएकाले पनि त्यहाँका जनताले बर्षमा ५ महिना जति मात्र सवारी साधनको प्रयोग गर्ने गरेको कुरा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताएका छन् ।

रुट परमिटनै नपाएका चौमाला — खैराला सडकमा पनि गुणस्तरहिन, पुराना सवारी साधनहरुमार्फत यात्रुहरु बोक्ने कार्यहरु भैरहेको भन्ने खबर प्राप्त भएकाले त्यस विषयमा चुरे गाउँपालिकाले आफनो क्षेत्रमा कुन—कुन स्थानमा सवारीहरु सञ्चालित छन् ,सडकको अवस्था र यात्रुहरुले भोग्नु परिरहेका समसयाका बारेमा गम्भीर छलफल गरेर अघि बढ्ने योजना भैरहेको बताएका छन् ।

चुरे गाउँपालिकाले सवारी दुर्घटनाकालाई न्यूनिकरण गर्नका लागि असार भित्र सडक यातायात सम्बन्धी नयाँ कानुन ल्याउने तयारी भैरहेको बताएका छन् । यस्त कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाको डोकेबजार हुँदै खिमडी सम्म चल्लने सवारी साधनमा पनि क्षत्रता भन्दा बढी यात्रुहरु राखेर दोब्बर भाडा असुलेर सवारी साधनहरु सञ्चालनमा ल्याएको पाइएको छ ।

कैलाली जिल्लाको अति दुर्गम मानिने मोहन्याल गाउँपालिकाको सिमली देखि पण्डौन सम्म जाने सडकमा यातायात सञ्चालनका लागि मापदण्ड नपुगेको अवस्थामा पनि यातायात व्यवसायीहरुले अनाधिकृत रुपमा बढी भाडा असुलेर यात्रुहरुको ज्यान जोखिममा पारेर सवारी सञ्चालन गरिरहेको पाइएको छ । सवारी साधनहरुमा क्षमता भन्दापनि बढी यात्रुहरु राखेर चर्को भाडा असुल्ने गरेको अवस्थामा यस बारेमा गाउँपालिकाले यात्रुहरुको ज्यान जोखिममा पर्नबाट रोक्नका लागि कस्तो कदम चाल्दैछ त भन्ने जिज्ञाशा राख्न खोज्दा मोहन्याल गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत राज बहादुर सार्कीको ९८५१२४५२२४ मा सम्पर्क गर्दा उहाँको फोन उठेन । यस्तै चिसापानी— सोल्टा सडक खण्डमा चल्ने सावरी सधानहरुको यान्त्रीक अवस्थाका बारेमा पनि सम्बन्धीत निकायले खासै चासो नदेखाएका कारण सम्भावित सवारी दुर्घटनालाई रोक्नका लागि ट्राफिक प्रहरी,स्थानीय निकाय र सरोकारवालाले गम्भीरताका साथ बेलेमा सतर्कता अपनाउनु पर्ने जररी देखिन्छ । ट्राफिक कानुनको ठाडो उललंघन गर्दै क्षमता भन्दाबढी यात्रु राखेर सवारी चलाउने चालक र व्यवसायीमाथी पनि कडा कारवाही नभएका कारण पनि क्षमता भन्दमा बढी यात्रुहरु बोक्ने होड चलेको कुरा मोहन्याल २ का स्थानीय रमेश सापकोटाले बताएका छन् ।

सडकको गुणस्तर राम्रो नहुँदै मुनाफाका लागि सञ्चालनमा ल्याएका पुराना सवारी साधनहरुको गुणस्तर देखि यानत्रीक अवस्था के कस्तो छ भन्ने सवालमा गम्भीर अध्ययननै नगरेर सवारी सञ्चालनमा ल्याउँदा हुन सक्ने सम्भावित जोखिमबाट बच्नका लागि पनि क्षमता भन्दा बढी यात्रु बोक्ने र थोत्रा सवारी चलाउने व्यवसायीमाथी कडा भन्दा कडा निगरानी राख्ने हो भनेपनि दुर्घटनाबाट मानिसहरुलाई जोगाउन सकिने सम्भावनारहेकाले राज्यका निकायले त्यस बिषयमा पहल गर्नुपर्ने माग स्थानीयको रहेको छ ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया