नर्स अनुमा श्रेष्ठले सुसाइड नोटमा लेखेकी छिन प्रेमीले विवाह गर्न नमानेपछी बाँच्न मन लागेन (भिडियो सहित)

इनेप्लिज २०८० वैशाख २० गते २१:३८ मा प्रकाशित

काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा सुजन ढकाल पक्राउ परेका छन्। उनलाई काठमाडौंबाट प्रक्राउ गरिएको हो।

डा. ढकाललाई अहिले बालाजु प्रहरी वृत्तमा राखिएको छ।

डा. ढकालसहित उनका बुबा मुरलीप्रसादविरुद्ध नर्सको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए।

स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

कोशी अस्पतालमा कार्यरत डा ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ।

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेको बताइएको छ।

https://www.youtube.com/shorts/_jdCXj6kc3Q

प्रतिक्रिया