गत साता तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं २ मा उप-निर्वाचन सम्पन्न भइ नतिजा समेत आइ सकेको छ।
उप -निर्वाचनमा रास्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले तनहुँबाट र रबि लामिछानेले चितवनबाट अत्याधिकभारी मतान्तरले गठबन्धनका उम्मेदवार हरुलाई पराजित गरेका छन् । त्यस्तै बारा जिल्लाबाट भने जसपाका उपेन्द्र यादबले उप निर्वाचन मार्फत संसद छिर्ने सपना सफल बनाएका छन् ।
उप निर्वाचनको मत प्याटर्न हेर्दा दलीय लेगेसिमा जनता नरहेको प्रष्ट देखिन्छ
संसदीय अंक गणितमा ३ जना संसद्को थप / घट ले कुनै ठुलो उथल / पुथल नगरे तापनि उप – निर्वाचनको नतिजालेनेपालको राजनीति भयाभय रुपमा तरंगित भएको छ । गत मंसिरमा सपन्न भएको आम निर्वाचन मार्फत नेपाली राजनीतिमा उदाएको नयाँ दल रास्ट्रीय स्वतन्त्र पार्टीले प्राप्तगरेको जनादेश, पानीको फोका जस्तै हुने टिप्पणी मुख्य ठूला दलहरुले गरेका थिए ।
हामी नै देश तथा नेपालीराजनीतिको मसियाँ हुँ भन्ने हुँकार गर्दै आएका बर्तमान सत्ताधारी गठबन्धन (नेपाली काँग्रेस , माओबादी , नेकपा एसलगातयत अन्य ) र राजनैतिक खिचातानीमा भर्खरै प्रमुख प्रतिपक्षमा पुगेको नेकपा एमाले सहितका राजनैतिक शक्तिहरुको उप निर्वाचनमा रास्वपाले प्राप्त गरेको जनादेशले निद हराम बनाइ दिएको छ ।
पार्टीको “बेस क्याडेट”नभएको दलले यो किसिमको फराकिलो मतान्तरले गठबन्धनका उम्मेदवार हरुलाई पराजित गरेकोमा २०४६ साल पछिसासन सत्तामा राजकाज गरेका मुख्य राजनैतिक दलहरुको मुख्य राजनीति /कार्यनीति / रणनीति नै फेल भएकोले जनमत बैकल्पिक शक्ति तिर आकर्षित भएको अनुमान लगाइएको छ ।
राजनैतिक खिचातानीमा भर्खरै प्रमुख प्रतिपक्षमा पुगेको नेकपा एमाले सहितका राजनैतिक शक्तिहरुको उप निर्वाचनमा रास्वपाले प्राप्त गरेको जनादेशले निद हराम बनाइ दिएको छ ।
पछिल्लो जनादेशले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको कुरा सर्ब बिदितै छ । नेपाली छापा देखि टेली मिडियाजगतमा “मिसन ८४” को उद्द्घोश भएको पाइन्छ ।
तनहुँ र चितवनमा गठबन्धनका साझा उम्मेदवार बन्न पुगेका नेपाली काँग्रेसका यूवा नेता गोबिन्द भट्टराई र जितनारायण श्रेष्ठ भन्दा निकै ठुलो मतान्तरले रास्वपाका उम्मेदवारहरु बिजयी भएकाले पुराना राजनीतिमा जमेर रहेकादलहरुले अब एक पल्ट राम्ररी सोच्नु पर्ने दिन आएको विश्लेषक हरुको तर्क छ ।
उप – निर्वाचनमा सत्ताधारी गठबन्धनका दुइ दर्जन केन्द्रीय नेताहरू , नेकाका महामन्त्री द्वय बिश्व प्रकाश र गगनथापाको चुनाबी लहरले पनि चितवनमा रविको सुनामीलाई कुनै फरक परेन ।
काँग्रेसको लामो बिरासत रहेको तनहुँमा पनि घन्टीले पाएको मत लाई आश्चर्य रुपमा हेरिएको छ ।
यी दुवै घटनाले के संकेत गर्दछ भने अब गर्भे काँग्रेस वा गर्भे कम्निष्ट भन्ने रहेन । नयाँ आश र नयाँ तर्क /दिशा सहित आएको कुनै पनि दल वा व्यक्तिलाई जनताले अनुमोदन गर्न सक्ने संकेत देखा परेको मान्न सकिन्छ ।
त्यसो त राजनैतिक भाग बन्डाबाट दलीय स्वार्थ सिद्द गर्न पल्केका पुराना स्थापित राजनैतिक दलहरुले जन पक्षीयभन्दा नि आफ्नो पार्टी अनि आफ्ना कार्यकर्ता केन्दित राजनीतिले सर्बसाधारण जनमानस परिबर्तनको पक्षमा लाग्नु पर्नेबाध्यात्मकारी अबस्थाको सृजना हुँदै गएको थियो ।
उप निर्वाचनको परिणामले रबि लामिछाने नागरिकता प्रकरणमा न्याय मुर्तिहरुले गरेको निर्णयमा समेत जनताले मौनरुपले बिरोध गरे । प्रकृया गत त्रुटी लाई जन अनुमोदन संसद्को पद समेत मुक्त हुने गरि सजायँ गर्नु बान्छनीय थियो वाथिएन ? एक पल्ट सम्मानित अदालतले पनि गम्भीर भएर सोच्नु पर्ने संदेश , यो जनादेशले दिएको छ ।उप निर्वाचनमा खसेको मतको झन्डै ५४% मत एकल उम्मेदवार प्राप्त गर्नु , त्यो पनि तेत्रो केशको बबण्डर बाट पद मुक्त भएको साथैभर्खर भर्खर राजनीतिमा लागेको व्यक्ति ?
यसरी हेर्दा उप – निर्वाचन एक सामान्य प्रकृया भए पनि यसको बिम्बले २०८४ मा हुने ससदीय निर्वाचन पेचिलो हुनेकुरामा दुइ मत देखिदैन् । अहिलेकै ससदको संरचनामा नयाँ दलहरुबाट आएका युवाहरुको आवाज , तर्क शैलीलेनेपाली राजनीतिको कोर्ष फेरि एक पटक फेरिने हो कि भन्ने शंका जन स्तरमा देखिएको छ । हिजो ससदमा काँग्रेसकायुवानेता गगन थापाको मात्र आवाज देखिएकोमा हिजोआज राप्रपाका ज्ञानेद्र शाही देखि रास्वपाका सुमना श्रेष्ठसम्मको अभिव्यक्तिले जन स्तरमा संसद र संसद्को भूमिकामा चासो बढेको देखिएको छ ।
यी दुवै घटनाले के संकेत गर्दछ भने अब गर्भे काँग्रेस वा गर्भे कम्निष्ट भन्ने रहेन ।
१४ औं महाधिबेशनबाट काँगेसको पार्टी संगठनमा पकड जमाएका यूवा नेता महामन्त्री द्वय विश्वप्रकाश र गगन हुन् वा, उप सभापति धन राज देखि नेकपा एमालेका योगेस हुँदै एस कि रामकुमारी सबैले गठ बन्धनमा “रोटी” कसरी सेक्ने भन्ने कुरामा मात्र केन्द्रीत रहे । लोकतन्त्र, जनादेश, मानब अधिकार ,भ्रष्टाचार मुक्त समाज , सुशासन , सामाजिक बिकास , अन्तरास्ट्रिय मूल्य मान्यता आदिका बिषयमा पार्टी राजनीतिलाई ब्याक्ति बादी चरित्र बाट अगाडी ल्याएर २१औं सताब्दीको युग सुहाँउदो बिकासको बिगुल फुक्न सकेनन् । फल स्वरुप बैकल्पिक शक्ति खोजी रहेको नेपालीसमाजले नयाँ पार्टी , स्वतन्त्र व्यक्ति लाई जन समर्थन दिएको तितो सत्यलाई नकार्न सकिदैन् । गत बर्ष सम्पन्न भएको स्थानीय निर्वाचनमा उदाएका स्वतन्त्र मेयर द्वय बालेन्द्र साह र हर्क साम्पाङ्ग लाइ त्यसैको प्रतीकको रुपमा लिनसकिन्छ ।
निस्कर्ष : उप निर्वाचनको मत प्याटर्न हेर्दा दलीय लेगेसिमा जनता नरहेको प्रष्ट देखिन्छ । यदि पुराना दलहरुले आफुलाई जनमुखी कार्यक्रम, डेलिभरी प्याकेज ,सुशासनको अनुभूति नगराउने हो भने साच्ची नै “मिसन ८४ “ कोभुमरीमा को ? को ? बढारिनेछन् भन्न सकिने अबस्था देखिदैन् । पुराना ६० बर्ष काटेका नेतागणहरुको त अब त्यति दवदवा नहोला , युवा भनिएकै गगन/बिश्व,प्रदिप देखि योगेस ,झाँक्री , वा उनीहरुका समकालीन नेताहरुको पनि यदि पार्टी नेतृत्वको मोनोपोलिमा फरक मत राखेर पार्टी निर्णयको बिद्रोहमा देखिने गरि पब्लिकी नोटिस भएनन् भने अबको निर्वाचनमा यी “राजनैतिक सेलिब्रेटी”हरुले पनि आफ्नो राजनैतिक साख जोगाउन हम्मे हम्मे पर्ने आँकलन गर्न सकिन्छ।
दीपक पन्त
मिल्वाकी,अमेरिका
प्रतिक्रिया