रास्वपाले: शुक्रबारसम्म सरकारबारे पर्ख र हेरको नीतिमा

इनेप्लिज २०८० वैशाख १८ गते २२:५२ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबारे पर्ख र हेरको नीतिमा देखिएको छ। रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकमा सरकारको विषयमा छलफल भएपनि कुनै निर्णय नभएको प्रवक्ता मुकुल ढकालले बताए । 

उनका अनुसार पार्टीले यसबारे शुक्रबार ठोस निर्णय गर्नेछ । पार्टीले प्रतिपक्षमा बस्ने वा सरकारमा जाने भन्नेबारे शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकले निर्णय गर्ने छ। 

रास्वपाले सरकारमा जानका लागि आफ्नो शर्त पुरा हुनुपर्ने अडान लिँदै आएको छ । त्यसका लागि शुक्रबारसम्म पर्खिएर आवश्यक निर्णय गर्ने तयारीमा रास्वपा देखिएका हो । 

रास्वपाका सभापति रवि लामिछानेले सरकारबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल थालिसकेका छन् । उनले आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्नो माग सम्बोधन भएमा सरकारमा सहभागी हुन सकिने जनाउ दिएका थिए ।

प्रतिक्रिया