विराटनगरमा अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगिता

इनेप्लिज २०८० वैशाख १८ गते २२:१० मा प्रकाशित

विराटनगर,१८ वैशाख । विराट कराते क्लवले यही वैशाख २२ र २३ गते अन्तर्राष्ट्रिय खुल्लास्तरीय कराँते च्याम्पियनशिप –२०८० प्रतियोगिता विराटनगरको शहीद रङ्शालामा आयोजना गर्ने भएको छ।

क्लवद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा च्याम्पियनशिपमा भारत, मधेश प्रदेश , कोशी प्रदेशको मोरङ, सुनसरी झापा, तेह्रथुमका गरी दुई सय खेलाडी सहभागी हुने क्लवका अध्यक्ष विमल पोखरेलले जानकारी दिनु भयो ।

राष्ट्रको लागि खेलकूद, राष्ट्रिय एकता, नैतिकता कायम राख्न एवं खेलकुदको माध्यमबाट भाईचारा सम्वन्धम स्थापित गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा १९ स्वर्ण १९ रजत र ३८ काश्यमा गरी १९ तौलम समूह प्रतिस्पर्धा हुने पूर्वान्चल क्षेत्रीय खेलुकद विकास समितिका प्रमुख सोभित प्रसाईले बताउनु भयो ।

प्रतियोगिता सम्पन्न गर्न रु पाँच लाख ४५ हजार लाग्ने अनुमान गरिएको छ भने उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार समेत व्यवस्था रहेको कराँते महासङ्घ मोरङका अध्यक्ष रुपेश बरालले बताउनु भयो ।

प्रतिक्रिया