अमेरिकाको पेन्सेलभेनिया राज्यको फिलाडेल्फिया शहरमा भएको गोलीकाण्डमा ३ किशोरको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । प्रहरीका अनुसार २ किशोरहरुलाई पक्राउ गरिएको छ ।
फिलाडेल्फियामा गत शुक्रबार दिउँसो भएको गोलीकाण्डमा १४ वर्षका किशोरसहित तीन किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका प्रहरीले बताए ।
फिलाडेल्फिया प्रहरीले दिउँसो ३:३० बजे गोलाबारीको खबर पाए पछि त्यहाँ पुगेका थिए । शुक्रबार शहरको मुख्य बजार (डाउनटाउन )फिलाडेल्फियाको उत्तरपूर्वी लनक्रेस्ट छिमेकमा उनीहरूले तीन जना पीडितहरू भेट्टाएका थिए ।
प्रहरीले एक १७ वर्षीय युवकलाई घरबाहिर फुटपाथमा बन्दुकको गोली लागेको अवस्थामा फेला पारेका थिए । दोस्रो पीडित एक १८ बर्षिय पुरुष अगाडिको दलानमा बन्दुकको गोली लागेको अवस्थामा फेला परेका थिए।
तेस्रो पीडित एक १४ वर्षीय किशोर घरको ढोका भित्र फेला परेका थिए । चिकित्सकहरूले तीनै जनालाई घटनास्थलमै मृत घोषित गरेका थिए ।
अर्को पीडित एक १६ वर्षीय पुरुषलाई पेटमा बन्दुकको गोली लागेर अस्पताल लागिएको छ भने उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । प्रहरीले बन्दुक र सम्बन्धित मुद्दामा १५ र १६ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ । अनुसन्धान जारी रहेको सिएनएनले जनाएको छ ।
प्रतिक्रिया