सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु, एक गम्भीर घाइते

इनेप्लिज २०८० वैशाख १७ गते १४:३९ मा प्रकाशित

सिन्धुली, सिन्धुलीमा कार दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

काठमाडौंबाट सिन्धुलीतर्फ गुडिरहेको बा ८ च ९१३५ नम्बरको कार बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ पिपलभञ्ज्याङ नजिक बिहान सडकबाट खसेको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा झापाको चारपाने–५ का कार चालक अन्दाजी कुमार पुरी र सिन्धुली कपिलाकोट घर भई हाल काठमाडौँ बस्ने साहारा प्रसाईँ रहेका छन् । अर्का यात्रु प्युठान नगरपालिका–८ का योगेन्द्र थापा गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते थापालाई सिन्धुली अस्पतालमा उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया