टेक्ससमा ८ वर्षीय बालकसहित ५ जना छिमेकीलाई राइफल बन्दुकद्वारा गोली हानी हत्या, सॅदिग्धको व्यापक खोजी

इनेप्लिज २०८० वैशाख १६ गते १७:४१ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा ८ वर्षीय बालकसहित ५ जना छिमेकीलाई राइफल बन्दुकले एक सॅदिग्धले गोली हानी हत्या गरेका छन । प्रहरीले सॅदिग्धलाई व्यापक खोजी गरि रहेको बताएका छन ।

सॅदिग्धले राइफल बन्दुक लिएर छिमेकमा गए र आफ्ना छिमेकीहरूलाई गोली हान्न थालेको सिविएस समाचारले जनाएको छ । 

प्रहरीका अनुसार ९ वर्षीय बालक र अन्य चार जनालाई घर भित्र गोली हानी हत्या गरे । 

सान ज्याकिन्टो काउन्टी शेरिफ ग्रेग केपर्सले घटनास्थलमा पत्रकारहरूलाई जानकारी दिदै उन्ले ह्युसटनबाट करिब ४५ माईल उत्तरमा रहेको क्लिभल्याण्ड शहरमा रातभरी गोलाबारी पछि अधिकारीहरूले ३९ वर्षीय फ्रान्सिस्को ओरोपेजाको खोजी गरिरहेको बताए ।

गोली लागेका सबैलाई घाँटीमा गोली हानिएको थियो । केपर्सले पत्रकारहरुलाई जानकारी दिदै त्यहा १० जना मानिसहरु रहेको बताए । अन्य अरू कोही घाइते नभएको र  दुईजना पीडितहरू होन्डुरसका भएको उन्ले भने ।

प्रतिक्रिया