टेक्ससमा प्रथम एनआरएनए अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन हुदै

इनेप्लिज २०८० वैशाख १५ गते २३:४५ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा प्रथम अमेरिकाज क्षेत्रीय नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ ।

आगामी मे २७-२८ का दिन टेक्सस राज्यको ड्यालसमा दुई दिने सम्मेलन हुने आयोजकले बताएका छन् ।

सम्मेलनमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति ब्राजिल,क्यानडा,चिली ,कोस्टारिका ,मेक्सिको र अमेरिकाले सहभागिता जनाउने भएका छन् ।

सहभागी हुन् चाहनेहरुले ड्यालस स्थित हिल्टन गार्डन हिलमा आफ्नो कक्ष सुरक्षित राख्न सक्नु हुनेछ । बिस्तृत जानकारीको लागि संस्थाको आधिकारिक संजालस्थल(वेबसाइट)मा हेर्न सकिने छ ।

सम्मेलनको मुख्य नारा अमेरिकाका नेपाली स्वास्थ्य व्यावसायिकलाई एकताबद्ध गर्दै भन्ने राखिएको छ ।

बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होला :

https://www.nrna.org/arhc/?fbclid=IwAR24bQPUsNxqLldvopp2UnyAg1qNW0lSa9jPUvKh8RCb5OChaCtiVId4Fzw

प्रतिक्रिया