आगामी निर्वाचनमा एक्लै लड्ने नेकाँ बनाउनु पर्छ– नेता डा कोइराला

इनेप्लिज २०८० वैशाख १५ गते २२:४० मा प्रकाशित

विराटनगर,१५ वैशाख । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्ने नेकां बनाउनु पर्ने बताउनु भएको छ।

नेकां मोरङ प्रदेश क्षेत्र नं ५ ख,६ ख र महानगर समितिको प्रदेश क्षेत्र एवं महानगर संयुक्त सम्मेलनको आज साँझ यहाँ उद्घाटन गर्दै उहाँले त्यसको लागि मुलुकभरी संगठन मजवूत गरी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन एक्लै लड्ने गरी अगाडि वढ्नु जरुरी रहेको धारणा राख्नु भयो ।

उहाँले आजदेखि आफु जनता एवं साथीहरुसँग जोडिने प्रण गर्छु भन्दै देशभरीका जनताका प्रत्येक सुख दुखमा साथमा रहेमा नेकाँलाई पुरानो अवस्थामा ल्याउने दावी समेत गर्नु भयो ।

नेता डा कोइरालाले हालैसम्म उप निर्वाचनले नेकांलाई धेरै पाठ सिकाएको छ भन्दै हाम्रा १०÷१५ कमी कमजोरीलाई सुधार गर्दै लानु पर्ने आवश्यक्त्ता औल्याउनु भयो ।

नेता डा कोइरालाले अयोग्य लडाकुलाई आजको आर्थिक अवस्थामा रकम होइन रोजगारी दिनु पर्ने बताउँदै मुलुकको वर्तमान अवस्थामा शिक्षक कर्मचारीलाई पेन्सन नपाइरहेको एवं ऋण लिएर कर्मचारीहरुलाई तलव खुवाउने अवस्थामा रु दुई लाख दिने निर्णय गलत भएको विचार राख्नु भयो ।

सम्मेलनमा महानगरका अध्यक्ष दिपक चापागाई,केन्द्रीय सदस्यहरु रुक्मणी कोइराला, मधु आचार्य र अमृत अर्याल, प्रदेश सभा सदस्य केदार कार्कीले शोभा कोइराला मुलुकमा सुशासन र जनताको सेवा प्रवाह लाग्न नेता एवं कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया