कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे हत्यारा नजिक प्रहरी अनुसन्धान पुगेको छ। प्रहरीले सीसीटीभी फुटेजका आधारमा हत्यारा नजिक पुगेको अनुसन्धान अधृकारीले बताए।
तर अहिलेसम्म ती व्यक्तिको पहिचान भने भइसकेको छैन। इनड्राइभ मार्फत मोटरसाइकलमा पुगेका व्यक्तिले नै निरुको हत्या गरेको निष्कर्षतर्फ प्रहरी अनुसन्धान सोझिएको छ।
हत्यारालाई घटनास्थलसम्म पुर्याउने इनड्राइभ मोटरसाइकल चालकको भने पहिचान भइसकेको छ। मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन्।
तर इनड्राइभ अफलाइन भएको बेला उनी सिधै मोटरसाइकलमा चढेको खुलेको छ। ती व्यक्तिको पहिचान गर्न प्रहरीलाई सकस परिरहेको छ।
प्रहरीले यो घटनालाई निष्कर्षमा पुर्याउन एकीकृत अनुसन्धान समिति बनाएको छ। उपत्यका प्रहरी अनुसन्धान कार्यालय र काठमाडौं परिसरको संयुक्त टोलीले अनुसन्धान थालेको हो।
प्रतिक्रिया