अनेसास डीसी च्याप्टरमा तुलसी दिवस र रत्नमणिको प्रस्तुति हुने

इनेप्लिज २०८० वैशाख १५ गते १:२२ मा प्रकाशित

अनेसास डीसी च्याप्टरले वरिष्ठ साहित्यकार तुलसी दिवसको एकल कवितावाचन तथा वरिष्ठ साहित्यकार एवम् समालोचक रत्नमणि नेपालबाट लीलालेखन सम्बन्धी कार्यपत्र प्रस्तुति गर्ने कार्यक्रमको आयोजना गरिएको जनाएको छ । मे महिनाको ७ तारिक आइतबार मनाससको पुस्तकालयमा हुने सो कार्यक्रमको पहिलो चरणमा साहित्यकार तुलसी दिवसको एकल कवितावाचन रहनेछ भने दोस्रो चरणमा साहित्यकार तथा समालोचक रत्नमणि नेपालको लीलालेखन विमर्श विषयक कार्यपत्र प्रस्तुति रहने छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्य समितिको सहकार्य र डीसी च्याप्टरको संयोजनमा आयोजना गरिएको सो कार्यक्रममा पाहुना साहित्यकारहरूलाई सम्मान गरिने छ भने उपस्थित व्यक्तित्वहरूबीच परिचयात्मक कार्यक्रम समेत रहने छ । कार्यक्रममाअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सँग आबद्ध व्यक्तित्वहरू र साहित्यकार, समाजसेवी तथा साहित्यानुरागी व्यक्तिहरूको बाक्लो उपस्थिति रहने छ । सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ भने यसै समाचारको माध्यमबाट डीसी मेट्रो क्षेत्रका पदाधिकारी, अनेसास परिवार, साहित्यकार, समाजसेवी तथा साहित्यानुरागी महानुभावहरूमा निमन्त्रणा पनि गरिएको छ ।

यस्ता कार्यक्रमले कवितायात्रामा नयाँ ऊर्जा प्राप्त हुने र साहित्य तथा समालोचनाका नवीन आयामबारे जानकारी पाउन सहयोगी हुने आयोजकको दाबी छ ।
कार्यक्रम:

स्थान :~ 8051 Ashton Ave
Manassas, VA 20109
United States

मिति :~ May 7, 2023 आइतवार
समय :~ दिनको १.०० बजे

जगन्नाथ पौडेल, अनेसास डीसी

प्रतिक्रिया