घुम्नु पर्ने प्रमुख पर्यटकीय गन्तव्य ‘सन्दकपुर’

इनेप्लिज २०८० वैशाख १४ गते २२:४६ मा प्रकाशित

विराटनगर,१४ वैशाख । कोशी प्रदेश अन्तर्गत इलाम जिल्लामा रहेको सुन्दकपुर नेपालको प्रमुख पर्यटकीय स्थलको आवश्यक प्रचार प्रसार आज यहाँ जोड दिइएको छ।

सन्दकपुर गाउँपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त क्षेत्रमा ६० भन्दा वढी हिमाल आँखा अगाडि देख्न सकिनुका साथै साथै सूर्योदय र सूर्यास्त स्पष्ट रुपमा हेर्न सकिने हुनाले यस क्षेत्रका नागरिकहरुलाई एक पटक आउन आग्रह गरिएको छ।

समुन्द्र सतहदेखि तीन हजार ३३६ मिटर उचाईमा रहेको यस क्षेत्रका भ्रमण गर्न प्रतिवर्ष एक लाख भारतीय तथा ३० हजार आन्तरिक पर्यटकले भ्रमण गर्ने गरेको गाउँपालिकाका वडा नं २ का अध्यक्ष सनम राईले जानकारी दिनु भयो ।

विश्व सम्पदा सुचीमा सुचीकृत माईपाखरी रामसार, अनेकौं सिमसार क्षेत्र, लोपोन्मुख थुप्रै बन्यजन्तु, वनजंगलभरीका हुलका हुल चराका वथान, बनस्पति , हिमश्रृङ्खला, छाँगा छँहरा आदि यस गाउँपलिकाका भित्रका प्रमुख पर्यटकीय आकर्षण केन्द्र रहेको पर्यटन व्यवसायी मानवबहादुर गुरुङले बताउनु भयो ।

यातायातको सहज पहुँच एवं न्यूनतम खर्चमा यस क्षेत्रको भ्रमण गर्न सकिनुका साथै एकै स्थानवाट सगरमाथा, कंचनजङ्गा, मकालु ,भाथिभरा, कुम्भकर्ण हिमाललाई नजिकवाट अवलोकन गर्न सकिने स्थान सन्दकपुर रहेको स्थानीय सञ्चारकर्मी सुजन तिम्सिनाले जानकारी दिइयो ।

सन्दकपुरको वडा नं ५ जमुना इङलाको चयाटार जंगलमा दूर्लभ रेडपाण्डा(हाब्रे) पाइने क्षेत्रमा हो भने लोपोन्मुख रहेको गिद्ध, लामपुच्छ्रे , मुनाल, काँडे भ्याकुर लगायतका सर्यौ चराहरुको वासस्थान रहेको बताइएको छ।

यस क्षेत्रमा जनजाति संस्कृति अन्तर्गत मौलिक रहनसहज, जाति भोषभुषाका साथै हरेक चाडपर्वमा नाचिने जातिय झाँकीले सांस्कृतिक पर्यटकको आकर्षणको केन्द्र रहेको छ।

हिन्दु सनतन समुदायले गर्ने १६ संस्करमा आधारित सांस्कृतिक नृत्य यहाँ बसोवास गर्ने ब्राम्हण र क्षेत्रीय समुदायले संरक्षण गरेको यस क्षेत्रमा देखिन सकिन्छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारआलीदेखि मेची राजमार्ग अन्तर्गत पर्ने कन्याम, फिक्कल, माईखोला हुदै इलाम सदरमुकामवाट १७ किलोमिटर दुरीमा सहज यातायातको साधनका साथमा सन्दकपुर पुग्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पर्यटकको स्वागत एवं उचित बसोवासका लागि घरवास तथा स्तरीय होटलको सहज व्यवस्था रहेको कारण एक पटक घुम्नु पर्ने स्थानमा यस क्षेत्र रहेको प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष विनोद घिमिरे र फोटो पत्रकार महासङ्घ प्रदेशका अध्यक्ष बेदराज पौडेलले बताउनु भयो ।

प्रतिक्रिया