पेन्सिल्भेनियाको एक बिश्वबिद्यालयका अस्वेत बिधार्थीलाई जातीय गाली तथा आक्रमण गरेको आरोपमा चार जना पक्राउ

इनेप्लिज २०८० वैशाख १४ गते १०:४३ मा प्रकाशित

अमेरिकाको पेन्सिल्भेनिया राज्यको एक बिश्वबिद्यालयका अस्वेत बिधार्थीलाई जातीय गाली गरेको र आक्रमण गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ । पेन्सिल्भेनियाको लेहाई बिश्वबिद्यालयका विद्यार्थीलाई कुटपिट गरेको आरोपमा ४ जना पक्राउ परेको एबिसी समाचारले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटना हुँदा पीडित महिला दुई साथीसँग घर जाँदै थिए ।

पेन्सिल्भेनिया जिल्लाका एक वकिलले मंगलबार घोषणा लेहाई विश्वविद्यालयमा एक अस्वेत विद्यार्थीलाई जातीय गाली गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको बताएका छन् ।

संदिग्धहरू सबै कुनै पनि हालको वा पूर्व लेहाइ विद्यार्थीहरू नरहेको बताईएको छ । गत शनिबार बिहान दुई साथीहरूसँग घर जाँदै गरेको पीडितलाई छेउमा लगेको र जातीय अपमान गरेको नर्थह्याम्प्टन काउन्टी जिल्ला अधिवक्ता टेरी हकले भने ।

पक्राउ परेकाहरुमा २२ बर्षिय ब्रान्डन जोन ,२२ बर्षिय क्यामरन ग्राफलाई साधारण आक्रमण र उत्पीडनको आरोपको सामना गरिरहेका एबिसी समाचारले उल्लेख गरेको छ । यस्तै २२ बर्षिय माइकल रोस्टा चोरी र साधारण आक्रमणको आरोपको सामना गरि रहेका छन् भने २२ वर्षीय नबिल जमीललाई सामान्य आक्रमणको आरोप लागेको छ।

पीडितले आफ्नो गोपनीयताको रक्षा गर्नको लागि नाम सार्वजनिक गर्न मानेनन् ।

प्रतिक्रिया