प्रतिनिधि सभा बैठक बस्दै: सभामुखले संसदीय सुनुवाइ समितिका सदस्य प्रस्ताव गर्ने

इनेप्लिज २०८० वैशाख १३ गते ११:११ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिनको ३ बजे बस्दैछ । बैठकमा सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार टिआरसी विधेयकमाथि छलफलका लागि विशेष समिति गठनको प्रस्ताव सत्ता पक्ष नेपाली काग्रेसकी सांसद ईश्वरी न्यौपानेले पेस गर्नेछिन् । उनको प्रस्तावलाई नेकपा एमालेका सांसद रघुजी पन्तले सर्मथन गर्नेछन्।

योसँगै १५ सदस्यीय विशेष समिति गठन हुने छ। यसअघि प्रमुख ३ दलका शीर्ष नेताहरुकाबीचमा भएको छलफल अनुसार समितिको नेतृत्व नेपाली कांग्रेसले गर्ने छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने, प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।

प्रतिक्रिया