तपाईं कुन भिसा मा ?

नवीन रायमाझी २०८० वैशाख १३ गते ०:२५ मा प्रकाशित

कोही अपरिचित ले भेट्यो भने सबैभन्दा पहिले उसले मलाई “तपाईं को घर कँहा हो?” भनेर सोध्छन। जब म उसलाई मेरो घर काठमाडौँ हो भनेर जवाफ दिन्छु, त्यसपछि उसले फेरी पहाड को घर कता हो भनेर सोध्छ, फेरी मैले मेरो पहाडमा घर छैन काठमाडौँ मात्रै हो भन्छु फेरी उसले आफ्नै हो भनेर सोध्छ, फेरी मैले आफ्नै हो भन्छु उसले मलाई यसरी हेर्छ कि म कुनै नयाँ ग्रह को मान्छे हुँ।अधिकाँसले मलाई आफ्नै भनेर दुइ तीनपटक सोध्छन र बल्ल चुप लाग्छन। त्यसमा पनि केहि ले हावा गफ दिएको जस्तो गर्छन र कहिले तपाईं काठमाडौँ कै बासिन्दा पनि यस्तो भन्छन। उनीहरुको “यस्तो” शब्द सायद मेरो सामान्य लवाइ र रुप रङ्ग प्रति लक्षित हुन्छ कि जस्तो लाग्छ। काठमाडौँको स्थायी बासिन्दा हुन सायद म सँग न्यनतम योग्यता छैन कि जस्तो लाग्छ तर त्यो न्युनतम योग्यता के हो मैले आज सम्म बुझ्न सकेको छैन।

त्यसपछि सुरु हुन्छ काम को कुरा। काम को बिषयमा धेरैले काम कता हो ग्यास (पेट्रोल पम्प) मा कि रेस्टुरेन्टमा भनेर सोध्छन। सायद अमेरिकामा काम गर्ने यो दुइ स्थान मात्र छ वा नेपालीहरु प्राय यी दुइ ठाउँमा मात्र काम गर्ने भएर हो मैले आफुले गर्ने काम भन्यो भने धेरैले बुझ्दैनन् र यो कस्तो काम हो भनेर सोध्छन। पहिले म यस्तो काम हो भनेर भन्थे अब भने प्रश्न सुनेर वाक्क लाग्छ र कसैलाई ग्यास र कसैलाई रेस्टुरेन्ट भनेर भन्छु। रमाइलो त् के हुन्छ भने पहिले जसलाई ग्यास भनेको थिए उसलाई दोश्रो पटक रेस्टुरेन्ट भन्दा उ अच्चम मान्छ र पहिले यो भनेको होइन भनेर भन्छ।आफैले भनेको कुरा बिर्सिदा पनि उसले सम्झिरहेको देखेर उसको स्मरण शक्ति मा डाहा लाग्छ र मनमनै आफ्नो स्मरण शक्ति किन यस्तो कमजोर भएको भनेर दुख लाग्छ।

त्यसपछि सोध्ने प्रश्न हो “तपाईं कुन भिसा मा आएको?” र “तपाईं को कागज (चलनचल्ती को भाषामा ग्रीन कार्ड) बन्यो?”। अमेरिकी कानुन अनुसार यस्तो अध्यागमन सम्बन्धि प्रश्न सोध्ने अधिकार आइ सी इ अर्थात् आइस (यु एस इमिग्रेसन एण्ड कस्टम इम्फ़्रोस्मेण्ट) का अधिकारी हरुलाई मात्र छ र त्यो पनि निश्चित स्थान र समयमा मात्र, प्रश्न सोध्न पाउँछु भनेर बाटो बाटो मा पाखुरा समातेर सोध्न पाइन्न। कुनै सामान्य मान्छेले अर्को मान्छे लाइ यो प्रश्न वाक्क लाग्ने गरि सोध्यो भने प्रहरीले उसलाई अनाबश्यक हैरानी दिएको अभियोगमा पक्राउ गर्न सक्छ र यो जघन्य अपराध हो। देशको राष्ट्रपतिले समेत सोध्न नपाउने प्रश्न नेपालीहरुले एक अर्का लाइ कुन प्रयोजनले सोध्छन त्यो मैले आज सम्म बुझ्न सकेको छैन।

यसको साथै काठमाडौँमा घर बनाउनु भयो वा घडेरी किन्नु भयो?, यता घर किन्नु भयो? जता बेमतलबका प्रश्न सोधेर हैरान पार्ने उप बुज्रुक हरु पनि नभएको होइन। कसैलाई मन परेको छ कि छैन भनेर कुनै विचारै नगरी प्रश्न हरु सोध्दा उल्टो जवाफ आएर प्रश्न सोध्नेहरु लज्जित पनि हुनुपर्छ। प्राय सबैले यसलाई यो सम्म भन्न हुन्छ भनेर भन्ने र भन्न नहुने कुरा ज्यान गए नभन्ने कारण यस्ता प्रश्न सोधेर अरुलाई हैरानी नदिन सम्बन्धित सबै सँग बिनम्र अनुरोध छ। उसैपनि अरुको बारेमा त्यस्ता सामान्य जानकारी प्राप्त गरेर पनि त्यसको फाइदा के हुन्छ र त्यो जानकारीले के गर्ने? मैले यसको औचित्य के हो त्यो बुझ्न सकेको छैन। कसैले यस्तै अनुभब गर्नुभएको छ भने कृपया जानकारी दिनुहोला। धन्यबाद।

@twitter#naviinr
नवीन रायमाझी

नवीन रायमाझी

पत्रकार तथा लेखक

प्रतिक्रिया