अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार औपचारिक रूपमा दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने घोषणा गरेका छन । उनले बिगत ४ वर्ष अगाडी गरे झैँ या पटक पनि एक अङ्किय दृश्य (भिडियो )जारी गर्दै उम्मेदवारी घोषणा गरेका छन् ।
बाइडेन दोस्रो कार्यकालको अन्त्यमा ८६ वर्षको हुनेछन ।
घोषणा पछि मंगलबार आफ्नो पहिलो सार्वजनिक उपस्थितिमा बाइडेनले राष्ट्रपति र राष्ट्रपति पदका उम्मेद्वारको दोहोरो भूमिका कसरी मार्ग निर्देशन गर्ने योजना छ भनेर पूर्वावलोकन प्रस्ताव गरेका छन् ।
बाइडेनको चुनावी अभियान घोषणाको ३ मिनेटको अङ्किय दृश्य (भिडियो )रहेको छ । बाइडेनको विगत ७० वर्षमा कुनै पनि राष्ट्रपतिको तुलनामा दोस्रो-सबैभन्दा कम अनुमोदन दर रहेको छ ।
सिएनएनले गरेको एक मत सर्वेक्षणमा राष्ट्रपति बाइडेनको स्वीकृति मूल्याङ्कन केवल ४१ % रहेको छ भने ५६ % को अस्वीकृति रहेको छ । ४१ % अनुमोदन मूल्याङ्कन पूर्व राष्ट्रपतिहरू रोनाल्ड रेगन र जिमी कार्टरको रहेको थियो ।
बाइडेनले ‘यो काम पूरा गरौं’ भन्ने मुख्य नारा सहित आफ्नो औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
प्रतिक्रिया