विराटनगरका १९ वटा वडाहरुमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन-मनोज दाहाल

मनोज दाहाल २०८० वैशाख १२ गते ०:३९ मा प्रकाशित

मोरङ,११वैशाख(रासस):विराटनगर महानगरपालिकाका नागरिकहरुले राष्ट्रिय परिचय पत्र आफ्नै घर आङ्गन प्राप्त गर्ने उद्देश्यले आजदेखि विवरण सङ्कलन तालीम एवं अभिमुखीकरण शुरु गरिएको छ ।

राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम÷ अभियानको कार्यक्रम–२०८० अन्तर्गत नगरका १९ वडामा नागरिकको चाप अनुसार आगामी असार मसान्तसम्म विवरण सङ्कलन गर्ने कार्य सञ्चालन हुने छ ।

नगर क्षेत्रमा आउने शुक्रबारदेखि शुरु हुने परिचयन पत्र विवरण सङ्कन गर्ने कार्य प्रत्येक वडाहरुका दुई देखि तीन स्थानमा गर्नका लागि आवश्यक जनशक्तिलाई तालीम तथा अभिभूमिकरण शुरु गरिएको छ।

मोरङ जिल्लाको १७ पालिकामध्ये यसअघि नै १६ पालिकामा परिचय पत्र विवरण अभियान शुरु भैसकेको छ ।

सो अवसरमा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्थानीय पालिकाले पाउने अधिकार अन्तर्गत राष्ट्रिय परिचय पत्र नागरिकले आफ्नै घर आङ्गलमा सहज ढङ्गले प्राप्त गर्नु उपलव्धिमूलक भएको विचार व्यक्त्त गर्नु भयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले नेपाली नागरिकताको आधारमा परिचय पत्रको विवरण सङ्कलन गर्नुपर्ने आवश्यक्त्ता औल्याउँदै वढी भन्दा वढी जनताले सहज र सरल रुपमा सेवा प्राप्त गर्न सफल भएमा नगर र जिल्ला समृद्ध हुने धारणा राख्नु भयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जिल्लामा चार लाख तीन हजार विवरण संकलन भएको जानकारी दिदै जिल्ला प्रशासन कार्यालय मोरङले दैनिक २५० नागरिकको विवरण सङ्कलन गर्ने गरेको बताउनु भयो ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया