काठमाडौं । नेपाल वायुसेवा निगमको लापरबाहीका कारण मलेसियन एयरलाइन्समार्फत मलेसिया उडेका यात्रुहरुको ब्यागेज काठमाडौंमा छुटेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनमा ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको नेपाल एयरलाइन्सले नै ब्यागेजहरुको ढुवानी र व्यवस्थापन गर्दै आइरहेको छ ।
आइतबार राति २३:३० बजेको समयमा मलेसिया उडेको मलेसियन एयरलाइन्सको उडान नम्बर एमएच ११५ (केटीएम-केयूएल) मा लोड हुनुपर्ने यात्रुहरुको ब्यागेज छुटेको पाइएको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार निगमको ग्राउन्ड ह्यान्डलिङले दुई ट्रलीमा लोड गरेर राखेको कम्तीमा ८ सय केजी तौलका ४६ वटा ब्यागेज जहाजमा लोड गर्नै बिर्सियो । जहाज उडिसकेपछि ११ नम्बरको जहाज पार्किङ गर्ने र्याम्पमा अलपत्र लगेज भेटिए । उनका अनुसार कति यात्रुको कति ब्यागेज छुटेको भन्ने बारे यकिन जानकारी भइसकेको छैन ।
यात्रुहरुको ब्यागेज भुलबस छुट्न पुगेको भन्दै निगमले सार्वजनिक रुपमा माफी समेत मागेको छ । निगमले यात्रुको ब्यागेज छुटेको प्रति माफी माग्दै सोमबार १:०५ बजेको उडानमार्फत मलेसिया पठाइसकिकएको जनाएको छ ।
प्रतिक्रिया