निर्वाचनको नतिजा बारेमा अत्यधिक झुट प्रचार प्रसार गर्ने सशक्त पत्रकार टकर कार्लसनले छोडे फक्सन्यूज

इनेप्लिज २०८० वैशाख ११ गते २२:३८ मा प्रकाशित

फक्स न्यूजका सशक्त पत्रकार टकर कार्लसनले फक्सन्यूज छोडेका छन ।

फक्स न्यूजले सोमबार एक आश्चर्यजनक घोषणा गर्दै टकर फक्स न्यूजबाट अलग भएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

फक्स न्यूजले गत निर्वाचनमा जो बाईडेनले चुनाव जिते पछि निर्वाचनको नतिजा बारेमा अत्यधिक झुट प्रचार प्रसार गरि राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा निरन्तर वकालत गरेको र बिधुतिय निर्वाचन गराउने डोमिनियन मतदान प्रणालीको निरन्तर खैरो खन्ने र धज्जी उडाई छवि धमिल्याए पछि १ अर्व डलर भन्दा ज्यादा रकमको मानहानी मुद्धा फक्स न्यूज बिरुद्ध डोमिनियनले हालेको थियो।

फक्सन्यूजले ७८७.५ मिलियनको डलर डोमिनियन मतदान प्रणालीसँग मानहानि मुद्दा सुल्झाएको एक हप्ता पछि कार्लसनले फक्स छोड्ने कुरा आएको हो ।

फक्स न्यूजमा कार्लसनले आफ्नो अन्तिम प्रस्तुती गत शुक्रवार अप्रिल २१ मा गरेका थिए । फक्स न्यूजको बिरूद्ध डोमिनियन मतदान प्रणालीको विशाल मानहानि मुद्दामा टकर कार्लसन एक प्रमुख व्यक्तित्व थिए ।

प्रतिक्रिया