विराटनगर १० वैशाख । समाजसेवी दिनबन्धु गोयल र निजका परिवारका सदस्यहरुको सहयोगमा झापा जिल्ला भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई आज हस्तान्तरण गरिएको छ ।
ओम प्रकाश गोयल कोलोनी मार्गको आज यहाँ आयोजित उद्घाटन तथा गृह हस्तान्तरण कार्यक्रममा गोयल परिवारले स्थानीय माझी र राजवंशी समुदायका १४ परिवारलाई घर हस्तान्तरण गरेका छन् ।
भ्रद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गोयल परिवारद्वारा रु एक करोड लागतमा निर्मित घरहरु सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ ।
घर निर्माणमा सहयोग पु¥याउने समाजसेवी दिनबन्धु गोयलले झापा उद्योग बाणिज्य संघमा अध्यक्ष समेत रहेका आफ्ना स्वर्गीय दाजु ओम प्रकाश गोयलको सम्झनामा निर्माण गरेको बताउनु भयो । गोयलले आफु पनि भद्रपुरको वडा नं ६ को बासिन्दा भएकोले वडा र नगरपालिकासँगको सहकार्यमा गरीव तथा विपन्न परिवारलाई घर बनाइदिएको जानकारी दिनु भयो ।
उहाँले दाताले नै सवै गरिदिन्छन् भन्ने सोच हटाएर आगामी दिनमा नमूना बस्ती निर्माणमा जुट्नका लागि घर परिवारहरुलाई आग्रह गर्नु भयो ।
राष्ट्रिय सभाका सदस्य गोपाल बहादुर बस्नेतले गोयल परिवारबाट समाजसेवाको उदाहरणीय कार्य प्रस्तुत भएको भन्दै प्रशंसा गरे ।
भद्रपुर नगरपालिकाका प्रमुख पोखरेलले पनि आफु जन्मे हुर्केको ठाउँलाई सम्झिएर गोयल परिवारले निरन्तर रुपमा समाजसेवाका माध्यमबाट सहयोग गर्दै आइरहेको बताउँदै भद्रपुरको आर्थिकमात्रै नभई सामाजिक क्षेत्रमा समेत गोयल परिवारको ठुलो योगदान रहेको चर्चा गर्नु भयो ।
उपप्रमुख राधा कार्कीले सामाजिक क्षेत्रमा गोयल परिवारको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सेवामा समर्पित भई समाजसेवामा सवैभन्दा उत्कृष्ट नमूना व्यक्तित्व बन्नका लागि आग्रह गर्नु भयो ।
गोयल परिवारले स्थानीय साम माझी, राजु माझी, रमेश माझी, फुलकुमारी माझी, भेलासरी राजवंशी, विमला माझी, सरिता राजवंशी, सेवानन्द राजवंशी, रविनकुमार माझी, शर्मिला राजवंशी, लखन माझी, सुमित्रा माझी, निर्मला राजवंशी र प्रमिलहिरन राजवंशीका लागि घर निर्माण गरिदिएका हुन् ।
घर हस्तान्तरण कार्यक्रमका अवसरमा १४ घर परिवारका ज्येष्ठ सदस्यहरु बजारु माझी, राजो माझी, विनता राजवंशी, सुमित्रादेवी माझी, मीना माझी र भेलासरी राजवंशीलाई लुगा ,कपडा र जनही नगद रु एक हजार प्रदान गरिएको थियो ।
भद्रपुर–६ का वडाध्यक्ष रतीया राजवंशी,नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, घर प्राप्तकर्ताका तर्फबाट लखन माझी, भद्रपुर–४ का वडाध्यक्ष हंशधर राजवंशी, विराटनगर गौसदनका अध्यक्ष शंकरलाल अग्रवाल, आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठानका अध्यक्ष तुलाराम राजवंशी लगायतले गोयल परिवारले सामाजिक सेवाका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो ।
घर हस्तान्तरण गरिएका १४ परिवारमा सवै उमेर समुहका गरी ६५ जनाको बसोबास रहेको जनाइएको छ ।
घर हस्तान्ण समारोहमा सामाजिक सेवा क्षेत्रमा क्रियाशिल संघसंस्था र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया