अमेरिकाको चर्चित ओछ्यान ,तन्ना र सिरानी लगायत सामान बिक्री गर्ने बेथ बाथ एण्ड बियोण्ड खुद्रा पसल टाट पल्टिएको घोषणा

इनेप्लिज २०८० वैशाख १० गते १३:४८ मा प्रकाशित

अमेरिकाको चर्चित ओछ्यान ,तन्ना र सिरानी लगायत सामान बिक्री गर्ने बेथ बाथ एण्ड बियोण्ड खुद्रा पसल टाट पल्टिएको घोषणा सहित दर्ता गरेको छ ।

१९९० र २००० को दशकको सर्वाधिक चर्चित र हरेक घरले खरिद गर्ने घरेलु सामान पाइने चर्चित खुद्रा पसल बेथ बाथ एण्ड बियोण्डले अन्ततगत्वा आफ्नो व्यवसाय खरानीको तालमा पुगेको भन्दै टाट पल्टिएको दर्ता गराएको छ ।

आइतबार टाट पल्टिएको दर्ता गर्दै संस्थाले आफ्नो सामान बेच्ने र त्यसपछि व्यवसायबाट बाहिरिने बताएको छ।

“हाम्रा सबै वफादार ग्राहकहरुलाई धन्यवाद। हामीले हाम्रा सञ्चालनहरू बन्द गर्न सुरु गर्ने कठिन निर्णय गरेका छौं, संस्थाको संजालस्थल (वेबसाइट)मा आइतवार बिहान एउटा विज्ञप्तिमा भनिएको छ।

सँस्थाको ३६० वटा पसल सहित १२० वटा बाईबाइ नामक बेबीस्टोर्स (पसल)अहिलेको लागि खुला रहने जनाएको छ । तर पसल बन्द गर्ने बिक्री आगामी बुधबार सुरु हुनेछ भनि जनाएको छ ।

लाखौं ग्राहकहरूले उनीहरूको जीवनमा सबैभन्दा महत्त्वपूर्ण कोसेढुङ्गाहरू मार्फत हामीलाई विश्वास गरेका छन् – महा बिद्यालय (कलेज )जानदेखि विवाह गर्न, नयाँ घरमा बस्ने बच्चा जन्माउने सम्म,बेड बाथ एन्ड बियन्डका कार्यकारी अधिकारी सु गोभ (सीईओ)ले एक विज्ञप्ति मार्फत उल्लेख गरेका छन ।

“हामी हाम्रा सहयोगीहरू, ग्राहकहरू, साझेदारहरू, र हामीले सेवा गर्ने समुदायहरूको गहिरो कदर गर्छौं, र हामी यस प्रक्रियामा उनीहरूलाई सेवा गर्न दृढतापूर्वक कटिबद्ध छौं।” बिज्ञप्तिमा भनिएको छ ।

ग्राहकहरूले आइतबार, सोमबार र मंगलबार आफ्नो बाँकी २० % छुट अध् कट्टी(कुपन )हरू प्रयोग गर्न पाउनेछन्। खुद्रा पसल टाट उल्टिएको दर्तामा ५.२ अर्ब डलर ऋण र कुल सम्पत्ति ४.४ अर्ब डलर मात्र सम्पत्ति छ भनि दर्तामा जनाएको छ ।

बुधवार अघि खरिद गरिएका वस्तुहरू मे २४ सम्म फिर्ता गर्न सकिने छ तर बुधवार पछि सबै बिक्री अन्तिम हुनेछ। पसलहरुले मे ८ मा उपहार पत्र (कार्ड)हरू स्वीकार गर्न बन्द गर्नेछ भनि सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया