अमेरिकाले सुडानबाट अमेरिकी कूटनीतिक कर्मचारीलाई हटायो

इनेप्लिज २०८० वैशाख १० गते ११:०० मा प्रकाशित

अमेरिकाले सुडानबाट अमेरिकी कूटनीतिक कर्मचारीलाई हटाएको छ । राष्ट्रपति जो बाइडेनले गत शनिबार सुडानबाट अमेरिकी सरकारी कर्मचारीहरूलाई हटाइएको बताए ।

“आज, मेरो आदेशमा, संयुक्त राज्य अमेरिकाको सेनाले खार्तुमबाट अमेरिकी सरकारी कर्मचारीहरूलाई निकाल्न कारवाही सञ्चालन गर्यो,” बाइडेनले एक विज्ञप्तिमा भने।

एक छुट्टै विज्ञप्तिमा अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सबै अमेरिकी कर्मचारीहरू र उनीहरूका परिवारहरूलाई बाहिर निकालिएको जनाएका छन् । उनले खार्तुमस्थित अमेरिकी दूतावासको सञ्चालन “अस्थायी रूपमा निलम्बन गरिएको समेत उल्लेख गरेका छन् ।

जम्मा १०० भन्दा बढी विशेष कारवाही बल समूह निकासीमा संलग्न थिए। यो कारवाही अमेरिकी अफ्रिकी आदेश (कमाण्ड)को नेतृत्वमा थियो र अमेरिकी विदेश विभागसँग नजिकको समन्वयमा सञ्चालन गरिएको अमेरिकी रक्षा सचिव लोयड अस्टिनले भने।

अमेरिकी कर्मचारीहरूलाई हटाउने निर्णय प्रतिद्वन्द्वी सैन्य गुटहरू र सुडानी सशस्त्र बलहरू बीच भीषण युद्धमा सयौ जनाको ज्यान र हजारौ घाइते भए पछि हटाउने निर्णय आएको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया