बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा मदन पुरस्कार बिजेता प्राडा श्रेष्ठ र राई सम्मानित

इनेप्लिज २०८० वैशाख ९ गते १६:०४ मा प्रकाशित

विराटनगर,९ वैशाख ।बबरसिंह– देवकुमारी थापा सेवा गुठी विराटनगरले आज यहाँ दुई जना स्रष्टाहरुलाई सम्मान गरेको छ।

यसरी सम्मानित हुनेहरुमा विसं २०५३ को मदन पुरस्कार प्राप्त गर्नु हुने समालोचक प्राडा दयाराम श्रेष्ठ र सङ्गीतकरा कुशेश्वर राई हुनुहुन्छ ।

देवकुमारी थापा स्मृति विसं –२०७९ बाट प्राडा श्रेष्ठलाई रु ५१ हजार एवं बबरसिंह थापा स्मृति सम्मान २०७९ बाट राईलाई नगद रु २५ हजार एवं सम्मानपत्रवाट सम्मान गरिएको छ।

कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजण्डारीले स्रष्टाहरुलाई सम्मान गर्दै साहित्यकार र साहित्य मुलुकको सम्पत्ति भएकोले यसको संस्थागत विकास एवं संरक्षण गरिने बताउनु भयो ।

उहाँले यो प्रदेश विभिन्न जातजाति वसोवास गर्ने एउटा फुलवारी भएकोले साझा पहिचानको आधारमा कोशी प्रदेश नामकरण गरिएको बताउनु भयो ।

मन्त्री राजभण्डारीले पहिचानवादीले विरोधको कार्यक्रम गर्दा शान्तिपूर्ण गर्न आग्रह गर्दै आगामी दिनेमा हुने निर्वाचनमा प्राप्त गरिने दुई तिहाई मतको आधारमा संवैधानिक र कानूनी प्रकियाद्वारा प्रदेशको नाम परिवर्तन सकिने धारणा राख्नु भयो ।

सम्मानित स्रष्टा प्राडा श्रेष्ठ आगामी दिनमा ‘खुकुरी र सगरमाथा’का विषयमा व्यापक अनुसन्धान गरी पुस्तक प्रकाशन गर्ने उद्देश्यले कार्य प्रारम्भ गरिरहेको जानकारी दिनु भयो ।

गुठीका अध्यक्ष कविराज न्यौपाने, साहित्यकारहरु प्रमोद प्रधान,दधिराज सुवेदी , विवश पोखरेल, दिनेश सुवेदी र हरिमोहन श्रेष्ठले साहित्य ,कला एवं संस्कृतिको विकासबाट मुलुकको समृद्धि झल्किने धारणा राख्नु भयो ।

सोही अवसरमा मन्त्री राजभण्डारीले प्र्रमोद प्रधानले सम्पादन गर्नु भएको ‘देवकुमारी थापाका समग्र कथा’ पुस्तकको विमोचन गर्नु भयो ।

प्रतिक्रिया