“मेलोडी स्टार ” विजयी जेनी श्रेष्ठ जेनी श्रेष्ठको गायनमा रहेको म्युजिक भिडियो “तिम्रो नयनभित्र” सार्वजनीक

इनेप्लिज २०८० वैशाख ८ गते २१:४४ मा प्रकाशित

लाइफ ओके टेलिभिजन द्धारा आयोजित धेरै रियालीटी सो मध्ये चचिर्त रियालीटी सो “मेलोडी स्टार ” सिजन एक का विजयी नव प्रतिभा जेनी श्रेष्ठको गायनमा रहेको म्युजिक भिडियो “तिम्रो नयन भित्र” OSR को युट्युब च्यानलबाट सार्वजनीक भएको छ ।

उक्त गीतमा सुभाष प्रधानको संगीत र सुभाष गौतमको रचना रहेको छ जसमा संगीत संयोजन सन्दिप कार्कीले गरेका छन्। “तिम्रो नयन भित्र” गीतको म्युजिक भिडियोलाई निर्देशक सुदान्शु न्यौपानेले निर्देशन गरेका छ्न जसमा उदयमान प्रतिभा चन्द्रकला कटुबाल र कुशल पोख्रेलको अभिनय रहेको छ। उक्त म्युजिक भिडियोमा सम्पादन टेकेन्द्र शाह र बिनोद तामाङको छायांकन रहेको छ ।

प्रतिक्रिया