अहिले कस्तो छ रविका चालकको स्वास्थ्यवस्था, डाक्टर भन्छन उनी अझै होसमा आउन नसकेको तर सुधारको क्रमछ (भिडियो सहित)

इनेप्लिज २०८० वैशाख ६ गते १०:४१ मा प्रकाशित

तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

चालक थापा सोमबार बिहान ३ बजेर ५४ मिनेटमा भरतपुर महानगरपालिका–११ स्थित घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

गम्भीर चोट लागेकाले उनको टाउकाको शल्यक्रिया हिजो नै गरिएको र अहिले थापा भेन्टिलेटरमै रहेको उपचारमा संलग्न चिकित्सक डा. सुदीपराज केसीले जानकारी दिए।

उनी अझै होसमा आउन नसकेको चिकित्सकको भनाइ छ। थापाले आज बिहान पिसाब फेरेपछि स्वास्थ्यमा केही सुधार आउने अपेक्षा गरिएको डा. केसीले बताए।

उनी तीनतले घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ।

https://www.youtube.com/shorts/5EIzLyGDsfc

प्रतिक्रिया