राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापालाई थप उपचारका लागि आज काठमाडौं ल्याइएको छ।
सोमबार बिहान चितवनमा घरको छतबाट खसेका थापालाई थप उपचारका लागि हेलिकप्टरमा हालेर काठमाडौंम ल्याइएको हो।
लामिछानेले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार भरतपुरका चिकित्सकको सल्लाहमा उनलाई काठमाडौं ल्याइएको हो।
‘हाम्रो साथी, सहयोगी, भाइ शम्भुको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरमा अत्यन्त गम्भीर तथा नाजुक स्वास्थ्य स्थितिमा करिब ३६ घन्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको र हाल उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरी थप उपचारको लागि चिकित्सकज्यूहरू तथा हामी सबै आफन्तजनको सरसल्लाहमा हेलिकप्टरबाट एयरलिफ्ट गरी काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ,’ लामिछानेले फेसबुकमा भनेका छन्।
प्रतिक्रिया