काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्नेगरी बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।
सोमबार बसेको प्रमुख तीन राजनीतिक दल र सभामुखसहितको छलफलमा प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद् बैठक बोलाउन दलहरुबीच सहमति जुटेको थियो ।
चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।
प्रतिक्रिया