सदा झै यसपटक यहीँ वैशाख ७ गते औंसी परेको छ । यो औंसीलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ। नेपाली जनसमुदायमा यस औंसीलाई आमाप्रतिको समर्पणका रूपमा बुझ्ने पनि गरिन्छ ।
आमाप्रति विशेष ममतापूर्ण श्रद्धाभाव व्यक्त गर्ने विशेष दिन हो यो औंसी । आमासँगै बस्ने र विविध कारणले आमादेखि टाढा रहेका सन्तानहरुले आमालाई स्नेह गरे पनि विशेष सम्मान प्रकट गर्ने दिनका रूपमा यस औंसीलाई लिने गरिन्छ । आमाको सामिप्यमा रहेर माया, स्नेह र आशिर्वाद ग्रहण गर्ने विशेष दिन हो यो औंसी ।
हुनत आमाको स्नेह सन्तानले दैनिक रूपमा पाउने गर्छन् नै, आमालाई विशेष सम्मान गर्न विशेष दिन आवश्यक पर्दैन । एक वर्षका तीन सय पैतिस दिनमा एक दिन आमाको सम्मानका लागि छुट्याइको पाइन्छ । यो औंसीको दिन जीवित आमाका लागि सम्मान गर्ने र दिवङ्गत आमाप्रति श्रद्धा प्रकट गर्ने दिन हो ।
दिवङ्गत आमाप्रति श्रद्धा प्रकट गर्न र पुर्खाका सम्झना गर्नका लागि गीतकार श्रमिक बराल (डा. खगराज बराल) को रचना भएको “ए….. गङ्गा मलाई भेट गराइदेऊ मेरी आमासँग” गीत युट्युवमार्फत् सार्वजनिक भएको छ । राजनराज बरालको स्वर तथा सङ्गीत रहेको यो गीतको सङ्गीत संयोजन मनोहर सुनामले गरेका छन् । भोला पौडेलले रेकडिङ र मिक्सिङको यो गीत साउन्ड डिजाइन स्टुडियो नक्सालमा भएको हो । यस गीतलाई तलको
लिङ्कबाट पनि हेर्न सकिन्छः
प्रतिक्रिया