विराटनगर,३ बैशाख । विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीलाई कोरोना सङ्क्रमण भएको छ।
उपप्रमुख कार्कीको आज मध्यान्ह गरिएकोे एन्टिजेन परिक्षणका क्रममा उहाँलाई सङक्रमण देखिएको र उहाँको स्वास्थ्य अवस्थामा सामान्य रहेको निजी सचिव निश्चल मायालु न्यौपानेले जानकारी दिनु भयो ।
उपप्रमुख कार्की सहभागी हुने सम्पूर्ण कार्यक्रम एवं प्रत्यक्ष भेटघाट कोरोना सक्रमण देखिएपछि हाललाई रोक्नु भएको सचिवालयले जनाएको छ । उपप्रमुख अहिले होम आईसोलेसनमा रहनु भएको छ ।
कोशी प्रदेश सरकारले पछिल्लो समय यस क्षेत्रमा कोरोना सक्रमण बढ्दै गएपछि स्वास्थ्य सर्तकता अपनाउन तथा सङ्क्रमण नियन्त्रण कार्य अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रतिक्रिया