सामान्य बोलचाल को भाषा मा कार्टुन सिनेमा भनिने एनिमेसन सिनेमा को ठुलो बजार छ। ९० को दशक का केटाकेटी हरु बीच अत्याधिक लोकप्रिय भिडियो गेम को चरित्र मारियो र उनको मशरुम किङ्गडम् बयस्क हरु बीच पनि लोकप्रिय छ।सन् १९९३ मा पनि मारियो को कथा मा सुपर हिट सिनेमा को निर्माण भएको थियो/ त्यसै सिनेमा को अर्को भाग “द सुपर मारियो ब्रोज मुभी” पछिल्लो हफ्ता रिलिज गरिएको छ।
सिनेमा को कथा मारियो दाजु भाइ को वरिपरि घुमेको छ। धारा बनाउने पेशामा ब्यस्त दाजुभाइ मध्य भाइ लुइगी एक दिन जादु को पाइप बाट अध्यारो स्थान मा खस्छ/ अब मारियो आफ्नो भाइ लाइ बचाउन राजकुमारी पिच सँग मद्दत माग्छ/ त्यो अँध्यारो स्थान को राजा ब्राउजर हुन्छ र उ अति नै दुष्ट छ। के मारियो राजकुमारी पिच को सहयोग मा आफ्नो भाइ लुइगी लाइ ब्राउजर को पन्जा बाट छुटाउन सफल हुन्छ? यो प्रश्न को उत्तर पाउन सिनेमा नै हेर्नुपर्छ।
म्याथ्यु फोगल को कथा लाइ आरोन होबर्थ, माइकल जेलेनिक र पियरे लिडुस ले निर्देशन गरेका छन्/ निर्देशक त्रय ले एनिमेटर क्रिस्टोफर डेलिस्ले, जेफ गाबोर र लुइस भालास्कोको मद्दत मा उत्कृष्ट सिनेमा को निर्माण गरेका छन्। एनिमेसन सिनेमा मा पार्श्व सङ्गीतको प्रमुख भूमिका हुन्छ जसलाई नाथन एलेक्जेण्डर ले इमान्दारी का साथ् पुरा गरेका छन् र त्यसमा पनि सारा एण्डन को बाँसुरी को मधुर धुन एकैपटक मस्तिष्क मा पुग्छ।
सिनेमा मा पात्र हरुको आवाज क्रिस प्रेट, अन्या टेलर जोय, चार्ल्स मर्टिनेट, चार्ली डे, ज्याक ब्ल्याक, सेथ रेगन जस्ता लोकप्रिय कलाकार हरुले आवाज दिएका छन्, जो पात्र हरु अनुसार मिलेको लाग्छ/ सिनेमा को सबैभन्दा ठुलो कमजोरी भनेको मारियो का दाजुभाइ नायक भए पनि सिनेमा भरि कमजोर छन् र खलनायक (ब्राउजर) सँग डराउँछन्।
मारियो का प्र्संसक हरुलाई सिनेमा ले पूर्ण मनोरन्जन प्रदान गरे पनि यो चरित्र को बारेमा थाहा नभएका र पहिलोपटक एनिमेसन सिनेमा हेर्न जानु भएका दर्शक हरुलाई खासै राम्रो नलाग्न सक्छ, किनकी मारियो को बारेमा थाहा नपाएका दर्शक हरु कथा नबुझेर अल्मल्लिन सक्छन।
@twitter#naviinr
नवीन रायमाझी
पत्रकार तथा लेखक
प्रतिक्रिया