सुनिता बस्नेत थापाको शब्द, सुनिल मास्केको सॅगीत, प्रदिप श्रेष्ठको एरेन्ज र सविना जोशी साहको स्वरमा “नरुनु प्रिय” नामक गीत हालै सार्नजनिक भएको छ।साहित्यकार सुनिता बस्नेत थापा र “महसुस” नामक एकल एल्वब करिव १०/१२ बर्ष पहिले नै नेपाली संगीत क्षेत्रमा अर्पण गरिसकेकि मधुर स्वरकि धनी गायिका सविना जोशी प्रवाशमा रहेर पनि गीति कोशेली नेपाली सॅागितिक भण्डारमा भर्ने काम गरेका छन्।
नयॅा वर्ष २०८० को पावन अवशरमा सॅगीतकार एवं प्राज्ञ सुनिल मास्केको Gmajor नामक YouTube channel बाट सो गीत सार्वजनिक गरिएको हो।
यो गीत डालास टेक्ससको स्टुडियोमा अन्तराष्ट्रिय व्यक्तित्व Aaron Wolpin ले रेकर्ड गरेका थिए। नेपाली गीत आफ्नो स्टुडियोमा रेकर्ड गर्न पाउंदा आफु अन्तराष्ट्रिय रुपमा सांगीतिक टिमसॅग सॅलग्न हुन पाएकोमा गीतका रेकर्डिस्ट एरन वल्पिनले हर्ष ब्यक्त गरेका थिए।त्यसैले पनि यो गीतविशेष गीत बनेको छ।
भिडियो निर्देशक युवराज वाइवाको निर्देशनमा मोडलहरु उषा उप्रेती र विनोद न्यौपानेले अभिनय गरेका छन्।
सॅगीत गुरु मनराज नकर्मीसॅगको सॅगीत अध्यय। साथै वहांकै सॅगीतमा चर्चित गीतकार बुद्धवीर लामा,दुर्गालाल श्रेष्ठ, रत्न शमशेर थापा, हेमन्त बिबश, केशवराज राजभण्डारी, उषा भट्ट जस्ता प्रतिश्ठित गीतकारहरुको शब्दलाई आफ्नो गला दिइ सकेकि गायिका सविना जोशी साहको यो गीत गीतियात्राको पुनरागमन रहेको छ भने देवेन्द्र साहकोले व्यवश्थापन गरेका छन्।
गीतको सफलताको शुभकामना सहित गीतको लिंक्स:
प्रतिक्रिया